arrow

प्रहरीसमक्ष आस्थाले गरिन् आत्मसमर्पण

logo
प्रकाशित २०७६ माघ १३ सोमबार
aastha.jpg

काठमाडौं । गायिका आस्था राउतले प्रहरी समक्ष आत्मसमर्पण गरेकी छिन् । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता डिएससपी होविन्द्र बोगटीले राउतलाई आफन्तले नै कार्यालयमा उपस्थित गराएको बताए । 

विमानस्थलमा गत साता प्रहरीमाथि दुर्व्यवहार गरेको आरोपमा राउतमा उजुरी परेपछि उनलाई प्रहरी कार्यालय जानु परेको हो । 

आफूलाई दुर्व्यवहार गरेको आरोपमा प्रहरी जवान रमिशा श्रेष्ठले दिएको उजुरीको आधारमा उनलाई पक्राउ पूर्जी जारी गरिएको थियो । 

आत्मसमर्पण गरेकी राउतलाई प्रहरीले जिल्ला प्रशासन कार्यालयमा उपस्थित गराउने छ । 

त्यहीँबाट उनी प्रहरी नियन्त्रणमा नै रहने वा रिहा हुने प्रक्रिया अघि बढ्नेछ ।

गत साता प्रहरी र राउतबीच सुरक्षाजाँचका क्रममा भएको भनाभनको विषयलाई लिएर उनले सामाजिक संजालमा बयानबाजी गरेकी थिइन् । उनी भारत गएसंगै फर्केपछि पक्राउ गर्ने प्रहरीले जनाएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ