arrow

कानुन व्यवसायी परिषदमा न्यौपानेको उम्मेदवारी 

logo
प्रकाशित २०७६ माघ १३ सोमबार
gunanidhi-sharma-advocate.jpg

काठमाडौँ । नेपाल कानुन व्यवसायी परिषदको बागमती प्रदेशको पार्षद् पदमा वरिष्ठ अधिबक्ता तथा प्राध्यापक गुणनिधि न्यौपाने उम्मेदवारी घोषणा गरेका छन् । 

लामो समय नेपाल ल क्याम्पसमा प्राध्यापन गरेर त्रिभुवन विश्वविद्यालयको शिक्षाध्यक्ष समेत भइसकेका न्यौपानेले बौद्धिक तथा कुशल नेतृत्वकर्ताको छविसहित घोषणापत्र पनि सार्वजनिक गरेका छन् । 

यही माघ २५ गते हुने परिषद्को निर्वाचनबाट पार्षद् निर्वाचित भएमा आफुले गर्ने कामहरुको लक्ष्य र प्रतिबद्धता उनले घोषणा पत्रमा उल्लेख गरेका छन् । 
 
बरिष्ठ अधिवक्ता न्यौपानेले परिषद ऐन २०५० मा समयानुकुल संशोधन गर्न, वरिष्ठ अधिवक्ताको उपाधी परिषद समेतको सल्लाह र सिफारीसमा निश्चित मापदण्ड अनुसार प्रदान गर्न, कानून व्यवसायीको सुद्धिकरण र व्यवसायीक मर्यादामा जोड दिई विद्यमान आचार संहिताबाट कार्वाही वा निलम्बन गर्ने प्रावधानको सट्टा ऐनमा नै संशोधन मार्फत वा छुटै नँया ऐन मार्फत सो सम्बन्धी कानून निर्माण गर्न पहल गर्ने अठोट गरेका छन् । 

“कानून व्यवसायीको फर्म–कार्यालय दर्ताको लागि परिषद्लाई नै अधिकार दिनेगरी ऐन संशोधन गर्न, कानून विषयको अध्ययन अध्यापन हुने सवै विश्वविधालयहरुका समन्वय र सहकार्य गर्दे गुणस्तरीय कानूनी शिक्षाको विकासका आवश्यक मापदण्ड निर्धारण गर्न, कानून व्यवसायीको सामाजिक सुरक्षाको लागि कल्याणकारी कोषको व्यवस्थालाई प्रभावकारी बनाउन म कटिबद्धत छु,” घोषणा पत्रमा लेखिएको छ । 

नवोदित कानून व्यवसायीहरुको पेशाप्रति आर्कषण र आत्मविश्वास बढाउदै काम गर्ने वातावरण सृजना गरि अल्पकालीन, मध्यकालिन र दिर्घकालिन शिपमुलक व्यवसायीक प्रशिक्षणको लागि पाठ्यक्रम तयार गरी प्रशिक्षण दिन, वरिष्ठ अधिबक्ता, अधिवक्ता र नवप्रवेशी सवै तहका कानून व्यवसायीहरुलाई आवश्यकता अनुसारको तालिम गराउन छुट्टै प्रशिक्षण केन्द्रको स्थापनामा गर्न विशेष जोड दिने उनले उल्लेख गरेका छन् । 

परिषदद्धारा प्रकाशित हुने नेपाल वार काउन्सिल जर्नल र वुलेटिनलाई अझ अनुसन्धानमुलक र नियमित बनाउन, अनुसन्धानमुलक परियोजना ल्याई खोज तथा अनुसन्धानका लागि प्रोत्साहन गर्न र कानून व्यवसायलाई मर्यादित वनाउन योगदान गरेका व्यतिmत्वहरुको सम्मान कार्यक्रम पनि गर्न पहल गर्ने न्यौपानेले योजना बनाएका छन् । 

उनले घोषणपत्रमा लेखेका छन् । “महिला, आदिवासी जनजाती, दलित, थारु, मधेशी र सिमान्तकृत वर्गको प्रतिनिधित्व गर्ने कानुन व्यवसायीहरुको क्षमता अभिवृद्धि गर्नको विशेष तालिम तथा क्षमतमुलक पेशालाई प्रशिक्षण प्रदान गर्न केन्द्रित हुनेछु” उनले भने ।

कानून व्यवसाय गर्दा अनावश्यक रुपमा रुपमा भोग्नु परेका कठिनाई र असुरक्षालाई न्युनीकरण गर्न पहल गर्ने बाग्मती प्रदेशका पार्षदका उम्मेदवार न्यौपानेले प्रतिबद्धता जनाएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ