arrow

जुवाको खालबाट वडाध्यक्षसहित १६ जुवाडे पक्राउ, २३ लाख बराबार बरामद

logo
प्रकाशित २०७६ माघ १३ सोमबार
photo.jpeg

धनगढी । जुवा खेलिरहेका वडाध्यक्षसहित १६ जना जुवाडे पक्राउ परेका छन् ।  कैलालीको धनगढी उपमहानगरपालिका–३ मिलनचौकस्थित तिलक अधिकारीको घरमा जुवा खेलिरहेको अवस्थामा वडाध्यक्षसहित १६ जना जुवाडे पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा गोदावरी नगरपालिका–१० का २८ वर्षीय रबिन्द्र शाही गुड्डुसहित १६ जना रहेका छन् ।शाही गोदावरी नगरपालिका वडा अध्यक्ष हुन् ।

उनीहरु  २२ लाख २२ हजार रुपैयाँ सहित पक्राउ परेको प्रहरीले जनाएको छ  । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतको नेतृत्वको टोलीले राति १० बजे अधिकारीको घरमा छापा मार्दा १६ जना जुवाडे र उनीहरुबाट २२ लाख ८२ हजार रुपैया बरामद गरेको हो ।

लामो समयदेखि अधिकारीको घरमा जुवा खेलाईरहेको सूचना पाएको प्रहरीले राति अचानक छापा मार्दा जुवाडेहरुले भाग्ने मौका पनि पाएनन ।

 त्यस्तै अन्य पक्राउ पर्नेमा गोदावरी नगरपालिका– १० का २८ वर्षीय सन्देश तामाङ्, वडा नम्बर ३ का ३८ वर्षीय मोहन खड्का, कञ्चनपुर भीमदत्त नगरपालिका–३ का ३४ वर्षीय  धिरेन्द्र  चन्द, वेलौरी नगरपालिका– १ का ३४ वर्षीय भुवन कुवरजिल्ला कैलालीको धनगढी उप महानगर पालिका–३ मिलचौकका ३८ वर्षीय को तिलक अधिकारी, ३७ वर्षीय चन्द्र मणि अधिकारी वडा नम्बर १३ का ३४ वर्षीय रमेश खड्का, वडा नम्बर ४ का ३५ वर्षीय खेम राज भट्ट, वडा नम्बर २ का ४१ वर्षीय जनक दौल्याल रहेका छन् ।

साथै बैतडी दशरथ चन्द नगरपालिका– ८ का ३१ वर्षीय अमित गुरु, दशरथ चन्द न.पा. वडा नम्बर ४ का ३० वर्षीय को सुर्य भट्ट, पुर्चौडी नगरपालिका– ८ का ५० वर्षीय कालु सिंह धामी, बझाङ जयपृथ्बी नगरपालिका–१० का ३५ वर्षीय प्रेम बहादुर सिंह, दार्चुला नौगाड गाउँपालिका– ४ का ३३ वर्षीय जय सिंह धामी, महाकाली नगरपालिका– ४ का ३८ वर्षीय मंगल ठगुन्ना पक्राउ परेका छन् ।

पक्राउ परेका उनीहरुलाई जिल्ला प्रहरी कार्यालय कैलालीको हिरासतमा राखेर थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक बस्नेतले बताए ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ