arrow

सिद्धबाबामा ट्याङ्कर तेर्सिंयो, यात्रु अलपत्र

logo
रासस,
प्रकाशित २०७६ माघ १३ सोमबार
siddhababa.jpg

पाल्पा। सिद्धबाबामा भारतीय नंको ट्याङ्कर तेर्सिंदा सडक अवरुद्ध बनेको छ। एचआर ५८ ए ८९१० भारतीय नंको ट्याङ्कर फर्काउने क्रममा बिग्रिएकाले सोमबार बिहान ७ बजेदेखि सिद्धार्थ राजमार्गको सिद्धबाबा सडकखण्ड अवरुद्ध बनेको हो। सडक अवरुद्धका कारण यातायातका साधन सञ्चालन हुन नसक्दा यात्रु बीच बाटोमै अलपत्र छन्।

प्रहरीका अनुसार ट्याङ्कर फर्काउने क्रममा पार्किङमा राखिएका भ्यान र स्कुटीलाई ठक्कर दिएको थियो। ठक्करबाट लु१ज ३२१५ नं.को भ्यान र लु४६च ३२३६ नं स्कुटीमा क्षति पुगेको प्रहरीको दाबी छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ