arrow

सरकारले सामान किन्न नसकेपछि सिडियोहरुलाई बाँड्यो पैसा

logo
पुस्कर पौडेल
प्रकाशित २०७६ माघ १३ सोमबार
sudurpaschim-cabinet.jpg

धनगढी। सुदूरपश्चिम प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले गत असार अन्तिम साता देखिनै जिल्ला प्रशासन कार्यालयबाट राहत तथा उद्दार सामाग्रीको विवरण माग गरेको थियो ।नौ वटै जिल्ला प्रशासन कार्यालयहरुले उद्दार सामाग्रीहरु अभाव रहेको भन्दै संख्या सहितको तथ्यांक पठाएका थिए ।

तर मन्त्रालयले भन्ने आवश्यकता अनुसारको साम्रागी खरिदमा चुनौती देखिएको भन्दै पुन नौ वटै जिल्ला प्रशासन कार्यालयलाई विपद व्यवस्थापन सामाग्री खरिदका लागी प्रदेश विपद व्यवस्थापन कार्यकारी समितिको पुस २८ गते बसेको बैठकले प्रत्येक प्रशासन कार्यालय लाई १०-१० लाखका दरले वितरण गर्ने निर्णय गरेको हो ।

जिल्ला प्रशासन कार्यालयले प्रदेश सरकारले विनियोजन गरेको बजेटले छिटै विपद व्यवस्थापनका साम्रगी खरिद गर्न बताएका छन ।प्रदेश सरकारले विपद व्यवस्थापन साम्रगीको बजेट उपलब्ध गराएपछि जिल्लाका प्रत्येक गाउँपालिका र नगरपालिकामा चाहिने विपदका साम्रागी खरिद गर्ने डोटीका प्रमुख जिल्ला अधिकारी टेक नारायण पौडेलले बताए ।

बजेट उपलब्ध भयो भन्ने साम्रगीको लिस्ट बनाएर साम्रगी खरिद गर्न उनले जानकारी दिए । जिल्ला प्रशासन कार्यालय कैलालीले प्रदेश सरकारले वितरण गरेको बजेटले विपद व्यवस्थापन साम्रगी खरिद गर्न प्रक्रियामा रहेको बताएको छ । छिटै विपद व्यवस्थापन समितिको बैठक बसेर विपद व्यवस्थापन साम्रगीहरु को लिस्ट तयार गरेर खरिद गर्न कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले बताए । उनले विपद व्यवस्थापनको बैठक बसेर साम्रगी खरिद गर्नु पर्ने भएकाले एक महिना जति लाग्ने जानकारी दिए ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयले विपद कोषमा एक करोड रुपैया र विपद व्यवस्थापन साम्रगीमा एक करोड रुपैया  बजेट सङक्षिप्त गरेको थियो । मन्त्रालयले जिल्ला प्रशासन कार्यालयले विपदका साम्रगी माग गरे अनुसारको साम्रगी खरिद गर्न चुनौती भएपनि प्रत्येक प्रशासन लाई १०-१० लाख को दरले नौ वटै प्रशासन कार्यालय लाई वितरण गर्न मन्त्रालयले जनाएको छ ।

वाँकि रहेको १० लाख विपद कोषमा जम्मा गरेको र मन्त्रालयले आवश्यकता अनुसार खर्च गर्न आन्तरिक मामिला तथा कानुन मन्त्रालयका लेखा अधिकृत नारायणदत  मिक्षले बताए । विपद साम्रगी खरिद बाट कैलाली,कञ्चनपुर र डोटी लाई १८ लाखका दरले वितरण गर्न र अन्य छ वटा जिल्लामा पाँच लाखका दरले वितरण गरिने उनले जानकारी दिए । उनले गत वर्षको बजेट विपद व्यवस्थापनमा साम्रगी खरिदमा छुटाएको भएपनि बजेट फिर्ता गएको बताए । उनले १० लाख रुपैया राहत कोषमा राखेको र १६ लाख रुपैया राहत साम्रगी खरिदमा राखिएको बताए ।

प्रदेशको पहाडी छ जिल्लामा बाढी तथा पहिरो र तराइका दुई जिल्लामा कैलाली र कञ्चनपुरमा डुवानको जोखिम रहने गरेको छ । वर्षाको समयमा हुन सक्ने विपदका जोखिमलाई न्यूनिकरण गर्न उद्दार सामाग्रीहरु तयारी अवस्थामा राख्नुपर्ने हुन्छ । कतिपय प्रशासन कार्यालयमा भन्ने विपद व्यवस्थापन साम्रगी नहुँदा विपद आएका बेला कतिपयले ज्यान समेत गुमाउनु पर्ने बाध्यता रहेको थियो । अव प्रत्येक प्रशासनले आफै विपद व्यवस्थापनका साम्रगी खरिद गरो भन्ने विपदका बेला जोखिम मोलन बाट अन्त्य हुर्ने देखिन्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ