arrow

नेविसंघको तदर्थ समिति घोषणा अघि सानेपामा झडप

logo
प्रकाशित २०७६ माघ १३ सोमबार
deuba-nara.JPG

काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ) को तदर्स समिति घोषणा अघि सानेपामा झडप भएको छ । सोमबार नेपाली कांग्रेसको पार्टी कार्यालय सानेपामा नेविसंघ विद्यार्थीबिच झडप भएको हो ।

पार्टी सभापति शेरबहादुर देउवा कार्यालय प्रवेश गर्ने क्रममा नेविसंघका पूर्वमहामन्त्री कुन्दनराज काफ्ले समूहले उमेरको हदबन्दी तोकिनुपर्ने माग राख्दै पार्टी कार्यालयमा अनसनमा बसेपछि देउवा समूहले हातपात गरेको हो ।

नेविसंघमा अहिले नै ३२ वर्ष उमेरहद लागू गर्नुपर्ने र लागू गर्न नहुने पक्षबीच विवाद छ। काफ्ले समूहबाट पूर्व केन्द्रीय सदस्य नवराज त्रिपाठी अनसनमा बसेका छन्।  विधान लागू गर्न माग गर्दै  महिनादिनदेखि रिले अनसन पनि जारी छ।

शुक्रबार नेपाली कांग्रेसका नेताहरुबिच नेविसंघमा १२७ जनाको तदर्स समिति हुने सहमति भएको थियो ।  नेविसंघको अध्यक्षमा विद्यार्थी नेता राजीव ढुंगानाको नाममा सहमति भएको छ ।  त्यसैगरि अन्य नामहरुको टुंगो भने आफ-आफ्नो समुहमा छलफल गरि सोमबार बस्ने कांग्रेस केन्दीय कार्यसमितिको बैठकबाट अनुमोदन गर्ने तयारी छ ।

समितिमा अध्यक्षसहित दुई उपाध्यक्ष, तीन महामन्त्री, दुई सहमहामन्त्री र कोषाध्यक्षसहित ४९ जना कांग्रेस सभापति शेरबहादुर देउवा निकट रहनेछन् । त्यसैगरी दुई उपाध्यक्ष, दुई महामन्त्री  र दुई सहमहामन्त्री बरिष्ठ नेता रामचन्द्र पौडेल निकट रहनेछन् । सहमति अनुसार दुई उपाध्यक्ष, दुई महामन्त्री र दुई सहमहामन्त्री अर्का नेता कृष्ण प्रसाद सिटौला निकट रहने सहमति भएको छ । त्यस्तै एक महामन्त्री कांग्रेस उपसभापति विजयकुमार गच्छदार निकटलाई दिइने भएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ