arrow

१५ वर्षमै हुन लागेको विवाह रोकियो

logo
प्रकाश चन्द्र भट्ट,
प्रकाशित २०७६ माघ १३ सोमबार
Child-marriage.jpeg

दार्चुला । दार्चुलाको मालिकार्जुन गाउँपालिकामा एक १५ वर्षीय वालिकाको विवाह रोकिएको छ ।

जिल्लाको मालिकार्जुन गाउँपालिका वडा नम्बर ८ शंकरपुर स्थित शंकरपुर वाल क्लबले उमेर नपुगि गर्न लागिएको विवाह रोक्न भनी मालिकार्जुन गाउँपालिकालाई निवेदन पेश गर्दा उक्त विवाह रोकिएको हो ।

मालिकार्जुन गाउँपालिका वडा नम्बर ८ एक्लेखाली बस्ने रामसिंह धामी र हरीना धामीकी १५ वर्षीया किशोरी र महाकाली नगरपालिका वडा नम्बर ९ सकारका एक १६ वर्षका किशोर बिच हुन लागेको विवाहलाई आइतवार गाउँपालिकाले किशोरीका अभिभावकलाई बोलाई सम्झाइ बुझाई गरि उक्त विवाह रोकेको मालिकार्जुन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जय सिंह धामीले जानकारी दिए ।

 “पालिकालाई बाल विवाह मुक्त क्षेत्र बनाउनका लागि मालिकार्जुन गाउँपालिकाले बालविवाह अन्यका लागि स्थानिय रणनीति २०७६ समेत बनाइसकेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ