arrow

जन्माउने आमा ठुलो कि बच्चा ठुलो ? : बाबुराम

logo
प्रकाशित २०७६ माघ १४ मंगलबार
baburams.JPG

काठमाडौं। समाजवादी पार्टी संघीय परिषद्का अध्यक्ष बाबुराम भट्टराईले सभामुख अग्निप्रसाद सापकोटालाई बधाइ दिएका छन् ।

मंगलबार अपरान्ह बसेको प्रतिनिधिसभाको बैठकमा सभामुखलाई शुभकामना दिदै भट्टराईले भने,' मार्यादा क्रममा राज्यको प्रमुख राष्ट्रपति र उपराष्ट्रपति हुन् । त्यसपछिको मार्यादा क्रममा आउनुपर्ने जनप्रतिनिधि सभाकोको सभामुख हो । सबै नितिहरुको लोकतान्त्रीक अभ्यासको उद्गम थलो प्रतिनिधि सभा हो । तर दर्भाग्यवस अरुको नक्कल गरेर होला हामीले कार्यकारणीलाई माथि राख्यौ । किनकि  कार्यकारणी व्यवस्थापिकाबाट जन्मने भएपछि  जन्माउने आमा ठुलो कि बच्चा ठुलो ? अहिले त न्यायपालिका जसले व्यवस्थापिकाले बनाउने कानुनको व्यख्या गर्छ त्यसका प्रमुख पनि    व्यवस्थापिकाका प्रमुख भन्दा माथि राखियो । यसरी लोकतन्त्रको गरिमाको अवमूल्य गरिरहेका छौ । '

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ