arrow

पूर्वमा इलाम, पश्चिममा वाङ्गेसिमसम्म कर्फ्यू

logo
प्रकाशित २०७६ माघ १४ मंगलबार
tipper-accident1.jpg

वीरेन्द्रनगर । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर कर्फ्यू जारी गरिएको छ । दङ्गाग्रस्त क्षेत्र घोषणा भएसँगै कर्फ्यू जारी गरेको हो ।

जिल्ला प्रशासन कार्यालय सुर्खेतले मंगलबार साँझ ६:३० बजेदेखि वीरेन्द्रनगर नगरपालिकाको पूर्वमा इलाम, पश्चिममा वाङ्गेसिम, उत्तरमा कपासे ब्यारेक र दक्षिणमा ५०० मिटरको दूरीसम्म कर्फ्यू जारी गरेको छ।

स्थानीय प्रशासन ऐन (संशोधनसहित), २०२८ को दफा ६ बमोजिम जिप्रकाले निषेध गरिएको क्षेत्रभित्र कोही कसैलाई आवतजावत गर्न, भेला वा जम्मा हुन वा अन्य कुनै पनि काम गर्न नपाउने गरी दङ्गाग्रस्त क्षेत्र घोषणा आदेशको सूचना जारी गरेको हो ।
    
वीरेन्द्रनगर नगरपालिका–३ सुर्खेत गौतमचोक नजिक आज बिहान ८:३० बजे महावै गाउँपालिका–३ सिमखेत घर भएका २१ वर्षीय केशरबहादुर सिंहको भे १ ख २२४२ नं को टिपरले किचेर भएको मृत्यु भएपछि उत्तेजित भिडबाट तोडफोड, आगजनी र धनजनको क्षति हुने सम्भावित खतराबाट सुरक्षा स्थितिलाई नियन्त्रण लिन दङ्गाग्रस्त क्षेत्र घोषणाको आदेश जारी गरिएको जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले जानकारी दिए ।

उनका अनुसार दङ्गाग्रस्त क्षेत्र घोषणा बुधबार बिहान ६ बजेसम्म जारी गरिएको छ ।

कालीकोट महावै गाउँपालिका–३ सिमखेतका २१ वर्षीय केशरबहादुर सिंहलाई सोमबार बिहान  टिपरले किचेर मृत्यु भएको थियो । सिंह सवार रहेको भे १ प २१७८ नम्बरको मोटरसाइकललाई भे १ ख २२४२ को टिपरले ठक्कर दिएको थियो ।

मृतकका आफन्तले  यरिचौक र गौतमचोकमा टायर बालेर विरोध प्रदर्शन गरेका थिए ।  प्रहरीले टिपर चालकलाई  नियन्त्रणमा लिइको र मृतक परिवारलाई शव बुझाउन छलफल भइरहेको जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ