चिसोमा वर्षा, उपत्यकामा पनि असर, पश्चिममा दिनभर नै
प्रकाशित २०७६ माघ १५ बुधबार
498
Shares
काठमाडौं । पश्चिमी भेगमा वर्षा भएको छ । पश्चिमका केही भेगमा निरन्तर वर्षा भइरहेको हो । काठमाडौं उपत्यकामा पनि बिहान छिटफुट वर्षा भएको छ ।
उपत्यकामा दिउँसो र साँझतिर पनि फाटफुट वर्षा हुन सक्नेछ । तर पश्चिमी भेगमा भने दिनभर वर्षा हुन सक्ने मौसम पूर्वानुमान महाशाखाका मौसमविद् बरुण पौडेलले जानकारी दिए ।
पश्चिमी हिमाली भेगमा हिमपातसमेत हुन सक्ने पौडेलले बताए ।
बुधबार र बिहीबार नै वर्षा हुनसक्ने सम्भावना रहेको उनले बताए । शुक्रबारदेखि मात्र मौसममा सुधार हुने उनले बताए ।
मौसममा बदली हुँदा बुधबार बिहानको न्यूनतम तापक्रम भने काठमाडौंमा ७ डिग्री सेल्सियस रहेको थियो । ६ः३५ बजे भने ६ डिग्रीमा घटेको छ ।
वर्षा भए पनि न्यूनतम तापक्रम भने बढ्ने पौडेलले बताए ।