arrow

आन्दोलनमा हात भाचेका विराजीको मृत्यु

logo
प्रकाशित २०७६ माघ १५ बुधबार
nepali-congress-flag.jpg.jpeg

काठमाडौं । नेपाली कांग्रेस जिल्ला कार्यसमिति, सप्तरीका सदस्य सरोजकुमार विराजीको मृत्यु भएको छ ।  ५८ वर्षीय  विराजीको बुधबार सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका वडा नं. ४ स्थित आफ्नै निवासमा निधन भएको हो ।

उनी मस्तिष्कघातबाट पीडित थिए । उनको विराटनगर स्थित नोबेल अस्पतालमा उपचार गराउँदै आएको थियो । उनको श्रीमती, तीन छोरी र एक छोरा छन् ।

स्वर्गीय विराजी नेपाली कांग्रेस जिल्ला कार्यसमिति सप्तरीको तीन कार्यकाल जिल्ला सदस्य थिए । प्रजातन्त्र वहालीका लागि भएका आन्दोलनका क्रममा उनको हाँत समेत भाँच्चिएको थियो ।

विराजीले नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गरेका थिए । उनको निधनप्रति नेपाली कांग्रेस गहिरो दुःख व्यक्त गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ