arrow

साह दम्पतिको घटनास्थलमै मृत्यु

logo
निरंजन कुमार साह,
प्रकाशित २०७६ माघ १५ बुधबार
bike-accident.jpg

धनुषा । धनुषामा बोलेरो पिकअपले ठक्कर  दिदा मोटरसाइकलमा सवार श्रीमान श्रीमतिको घटनास्थलमै मृत्यु भएको छ ।

बुधबार दिउँसो  धनुषाको गणेशमान चारनाथ नगरपालिका गोदारस्थित पूर्व–पश्चिम राजमार्ग सडकमा  पश्चिमबाट पूर्वतर्फ गइरहेको वा ६४ प ३०४७ नम्बरको मोटरसाइकललाई विपरित दिशाबाट आइरहेको स. १ च. १८५८ नम्बरको बलेरो पिकअपले ठक्कर दिदा मोटरसाइकलमा सवार श्रीमान श्रीमतिको घटनास्थलमै मृत्यु भएको हो ।

मृत्यु हुनेमा धनुषा  जिल्लाको गणेशमान चारनाथ नगरपालिका वडा नम्बर ७ शिवनगर पर्साही बस्ने   बर्ष ५० को जोगिन्द साह र नीजको श्रीमति बर्ष ४० को प्रमिला साह रहेको ईलाका प्रहरी कार्यालय ढल्केवरले जानकारी दिएको छ ।

मृतकहरुको शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएका प्रहरी स्रोतले जानकारी दिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ