arrow

मौसमः घाम पनि लाग्ने, पानी पनि पर्ने 

logo
प्रकाशित २०७६ माघ १६ बिहिबार
weather.jpg

काठमाडौं । अहिले नेपालमा पश्चिमी न्युन चापीय प्रणालीको प्रभाव रहेको छ । देशैभर आंशिकदेखि मध्यम बदली रहेको छ । पूर्व पश्चिममा वर्षाको सम्भावना रहेको छ । 

देशको थोरै स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ। उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको संभावना रहेको छ।

बिहीबार घाम पनि लाग्ने र पानी पनि पर्ने वरिष्ठ मौसमविद् विभूति पोखरेलले जानकारी दिइन् । 

उपत्यकामा पनि वर्षा हुन सक्ने पोखरेलले बताइन् । उनले भनिन्, ‘काठमाडौंमा पनि पानी पर्न सक्छ । तराईमा धुम्म हुने सम्भावना कमै छ । तर बदली हुने र पानी पर्ने हुन्छ ।’

अर्थात् तराई पनि खुलेको छ  । काठमाडौंको न्यूनतम तापक्रम ५ डिग्री सेल्सियस रहेको छ । 

देशको उच्च पहाडी तथा हिमाली भु(भागहरुमा हल्का हिमपात साथै पहाडी भू(भागका तथा तराई भूभागका केही स्थानहरुमा हल्का वर्षाको संभावना रहेको भन्दै मौसम पूर्वानुमान महाशाखाले सर्वसाधारणमा चिसोबाट बच्ने उपाय अपनाउनु हुन र यात्रा गर्दा सामान्य सतर्कता अपनाउन हुन अनुरोध गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ