arrow

सहसभापति सिटौला र सिटौलाकी सासुआमाको निधन

logo
प्रकाशित २०७६ माघ १६ बिहिबार
nepali-congress-flag.jpg.jpeg

काठमाडौं । नेपाली कांग्रेस मोरङ कार्यसमितिका सह-सभापति चैतन्यप्रसाद सिटौलाको निधन भएको छ ।   मोरङ जिल्ला सुन्दरहरैचा नगरपालिका कार्यसमितिका सह-सभापति रहेका सिटौलाको बुधबार निधन भएको छ ।

 सुन्दरहरैचा नगरपालिका वडा नं. ७ का वडाअध्यक्ष सिटौला नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गरेका थिए ।

साथै नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि बालकुमारी (बालिका) सिटौलाकी सासुआमाको पनि निधन भएको छ।  ८६ वर्षीया लक्ष्मीदेवी सिटौलाको माघ १५ गते काठमाडौँमा निधन भयो ।

उनीहरुको निधनप्रति नेपाली कांग्रेस गहिरो दुःख व्यक्त गरेको छ । उनीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै आत्माको चीर शान्तिको कामनाका साथ उनका शोक सन्तप्त परिवारजनप्रति कांग्रेसले समवेदना प्रकट गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ