arrow

हत्या पछि बिरगंज र काकडभिट्टाबाट भाग्न खोज्ने बंगलादेशी पक्राउ

logo
प्रकाशित २०७६ माघ १६ बिहिबार
murder.jpg

काठमाडौं। नेपाल आईरहने बंगलादेशका नागरिकको हत्या भएको आशंकामा अनुसन्धान गर्दा प्रहरीले अभियुक्तलाई पक्राउ गरेको छ। रक्सीको बोतलले टाउकोमा हानेर हत्या गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

पक्राउ परेका दुला मियाले तीन बर्ष अघि मृतक ४५ बर्षिय मुहिउद्धिन अहमद परवेजलाई लेवनान पठाईदिन तीन लाख टाका दिएको र त्यहि समबन्धमा काठमाडौं ल्याएको देखिएको छ। यता आएपछि दुला मियाले भिसा र टिकट नदेखेपछि मुहिउद्धिन अहमद परवेजको हत्या गरेको स्विकारेका छन्।

मृतकको आवश्यक पोष्टमार्टम  गरी वंगलादेश राजदुतावाससंग समन्वय गरी मृतकको लास परिवारलाई जिम्मा लगाई वंगलादेश पठाईएको छ । पक्राउ दुला मियाको सम्वन्धमा कर्तव्य ज्यान सम्वन्धी मुद्धा दर्ता गरी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।  

मियाले व्हिस्कीको बोटलले सुतिरहेका परवेजको टाउकोमा हानेका थिए। फुटेको बोटलले परवेजको घाँटीमा पनि प्रहार गरेका थिए। हत्या पछि उनी भाग्ने प्रयास गरेको प्रहरीले बताएको छ।

हत्या पछि दुला मिया सोल्टी पछाडीवाट वाफल हुँदै  कंलकी पुगी वेलुका आठ वजेको रात्रीवस चढी विरगंज पुगेका थिए। बिरगंजबाट बोर्डर तिर लागेको देखिए पनि उनले बोर्डर पार नगरि फेरि काकरभिट्टा तिर लागेका थिए।

काकडभिट्टाबाट पनि बोर्डर पार गर्न नसके पछि पर्यटक प्रहरीको साहायताले पुन: काठमाडौं तिर लागेका थिए। काठमाडौं आउने क्रममा प्रहरीले उनलाई सिराहाको लाहानबाट पक्राउ गरि काठमाडौं ल्याएको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ