arrow

तमोरको किनारमा नेतृ लिम्बु कार्कीको अन्त्येष्टि

logo
प्रकाशित २०७६ माघ १६ बिहिबार
tamor.JPG

धनकुटा । महिला नेतृ खिन कुमारी लिम्बु कार्कीको पार्थिव शरिरमा बिहिबार धनकुटाको मुलघाट स्थित तमोर नदीको किनारमा अन्त्येष्टि गरिएको छ । कार्कीको उच्च रक्तचापका कारण ४८ बर्षको उमेरमा मंगलबार निधन भएको हो ।

नेतृ लिम्बु कार्कीको पार्थिव शरिरमा नेपाली कांग्रेस धनकुटाले पार्टीको चारतारे झण्डा ओढाएको थियो ।  नेतृ लिम्बु कार्की नेपाली कांग्रेस धनकुटा क्षेत्र नं. १ का पूर्व क्षेत्रिय सभापति स्वर्गीय गोविन्द्र कार्कीकी धर्मपत्नी तथा नेपाली कांग्रेस धनकुटाका क्षेत्रिय प्रतिनिध महिला हुन् ।

 नेपाली कांग्रेस धनकुटाका क्षेत्रिय प्रतिनिध लिम्बु कार्कीको छोरा रितेश कार्की र छोरी रितिका कार्की ,ससुरा एकराज कार्की र सासु खड्गीमाया कार्की र  देवरहरु शेर वहादुर कार्की,मित्र कार्की र भरत कार्की लगायत देउरानीहरु छन् ।

नेपाली कांग्रेस धनकुटाका क्षेत्रिय प्रतिनिधि खिन कुमारी लिम्बु कार्कीको पार्थिव शरिरमा १ नम्वर प्रदेशका  सांसद लिला सुब्बा,नेपाली कांग्रेस धनकुटाका उपसभापती नविन किशोर शाक्य,जिल्ला सचिव विजय सन्तोषी राई,जिल्ला सदस्यहरु कमोट फागु,हर्कमान चेम्जोग,रमेश इवाहाङ्ग,क्षेत्रिय सभापति जितेन्द्र राई,क्षेत्रिय कोषाध्यक्ष निरुपा राई,सागुरीगढी गाउपालिकाका सभापति तथा वडा नं. ६ का निर्वाचित वडाध्यक्ष दिपक मगर,नेपाल शिक्षक संघ १ नम्वर प्रदेशका उपाध्यक्ष गंगारम ढुंगाना,नेपाल तरुण दल धनकुटका वरिष्ठ उपाध्यक्ष धिरज तामाङ्ग,नेपाल महिला संघका पूर्व केन्द्रिय सदस्य टिकादेवी भण्डारी लगायतले पार्टीको चारतारे झण्डा ओढाएर सम्मान गर्दै आन्तिम श्रद्धाञ्जली दिएपछि उनको अन्त्येष्टि गरिएको थियो ।

 सो अवसरमा समाजवादी पार्टी धनकुटाका अध्यक्ष बल वहादुर राई,उपाध्यक्ष पार्वती राई,नेता देव इवाहाङ्ग,नेकपा सागुरीगढी गाउपालिका वडा नं. ६ का अध्यक्ष टंक लिम्बु,नेपाल प्रेस युनियन धनकुटाका अध्यक्ष हिमा चेम्जोङ्ग,नेपाल वितिय संस्था धनकुटाका अध्यक्ष पूर्ण याम्फु,नेपाली कांग्रेस छथरजोरपाटी गाउपालिकाका सहसभापति चन्द्र लिम्बु, सागुरीगढी गाउपालिका वडा नं. ६ का  सभापति विष्णु आर्चाय,वडा नं. ७ का  सभापति विष्णु राई,चौविसे गाउपालिका वडा नं. ७ का सभापति सुरेन्द्र चेम्जोङ्ग,समाजसेवी शिक्षाविद नर वहादुर चेम्जोग,दिलिप लिम्बु,कुल वहादुर लिम्बु,हरी  वहादुर लिम्बु लगायतले स्वर्गीय खिन कमाुरी लिम्बु कार्कीको पार्थिव शरिरमा फुलमाला लगाई दिई अन्तिम श्रद्धाञ्जली अर्पण गरेका थिए ।

खिन कुमारी लिम्बु कार्कीको निधनले नेपाली कांग्रेस धनकुटालाई अपुरणीय क्षती पुगेको नेपाली कांग्रेस धनकुटाका सचिव विजय सन्तोषी राईले वताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ