arrow

अस्ताए सीमाका सिपाही दिनबन्धु

logo
दीपेन्द्र बस्नेत,
प्रकाशित २०७६ माघ १७ शुक्रबार
dinbandu.jpg

पुनर्वास । भारतद्वारा गरिदै आएको सीमा अतिक्रमणका बिरुद्ध लड्दै आएका पुनर्वासका प्रतिष्ठित नेपाली कांग्रेसका नेता दिनबन्धु अर्यालको पार्थिव शरीर शुक्रबार हिन्दु धार्मिक परम्परा अनुसार अन्त्येष्ठी गरिएको छ । बिहिवार अपरान्न  अर्यालको निधन भए पनि शुक्रबार उनको अन्त्येष्ठी गरिएको थियो ।

बिक्रम सम्बत १९९६ माघ २९ गते बुबा टिकाराम अर्याल र आमा हरिप्रभा अर्यालको कोख बाट स्याङ्जाको वालिङ नगरपालिका १ त्रियासीमा जन्मिएका स्वर्गीय अर्याल २०२८ सालमा कञ्चनपुरको पुनर्वास ९ बिचफाँटामा बसाइँ सरेका थिए ।

नेपाली कांग्रेस कञ्चनपुरका पार्टी सभापति हरि प्रसाद बोहरा र नेपाली कांग्रेसका नेता तथा पुर्व साँसद दिवानसिह बिष्टले स्वर्गीय अर्यालको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर सम्मान तथा श्रद्धाञ्जली अर्पण गरेका थिए । स्वर्गीय अर्यालको पार्थिव शरीरमा सुदुर पश्चिम प्रदेशका सभासद तारालामा तामाङ , पुनर्वास नगरपालिकाका मेयर जीवनराज थापा लगायतले श्रद्धाञ्जली अर्पण गरेका थिए । स्वर्गीय अर्यालका धर्मपत्नी र एक छोरी र तीन छोरा हरु छन् ।

०१५ साल देखि नेपाली कांग्रेसको राजनीतिमा लागेका स्वर्गीय अर्याल नेपाली कांग्रेसको पटकपटक महासमिति सदस्य रहि सकेका थिए । राजा महेन्द्रले ०१७ सालमा बहुदलीय सरकार अपदस्थ पारे पछि निर्दलिय राज्य ब्यबस्थाका बिरुद्ध गाउँ गाउँमा शैक्षिक बिकासमा आफ्नो लामो समय खर्चेका थिए ।

तत्कालिन निर्दलिय राज्य ब्यबस्था बिरुद्ध बहुदलवादीहरुलाई केन्द्र र स्तानिय तहमा पसेर सरकारलाई असफल पार्ने नेपाली कांग्रेसको नीति अनुसार अर्याल २०३४ सालमा परासन गाउँ पंचायतको प्रधानपञ्च समेत बनेका थिए ।

सामाजिक र शैक्षिक बिकासमा कृयासिल स्वर्गीय अर्याल पुनर्वासका आधा दर्जन बिधालयका संस्थापक रहेका छन् । सामुदायिक वन , बिधालय र सहकारी सस्थाहरुका संस्थापक समेत रहेका अर्यालको निधनले पुनर्वासलाई अपुरणिय क्षति भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ