arrow

बालुवाटार जग्गा प्रकरण : सिआइबीद्वारा गृहलाई प्रतिवेदन पेश

logo
प्रकाशित २०७६ माघ १७ शुक्रबार
home-ministry-nepal.jpg

काठमाडौं ।  नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले ललिता निवास जग्गा हिनामिना छानबिन प्रतिवेदन प्रहरी प्रधान कार्यालय हुँदै गृह मन्त्रालयलाई बुझाएको छ ।

 ब्यूरोले काठमाडौँ महानगरपालिका–४ बालुवाटारस्थित ललिता निवास आसपासमा रहेको सरकारी जग्गा हिनामिना छानबिन गरी गृह मन्त्रालयलाई प्रतिवेदन बुझाएको हो ।

ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले २०७५ फागुन २८ को मन्त्रिपरिषद्को बैठकको निर्णयानुसार अनुसन्धान कार्य सिआइबीलाई दिएकाले सिआइबीले अनुसन्धान गरेर प्रतिवेदन मन्त्रालयमा बुझाएको जानकारी दिए ।

सरकारी जग्गा व्यक्तिले हिनामिना गरेको तथ्य फेला पारेपछि मन्त्रिपरिषद्ले अनुसन्धानको जिम्मेवारी सिआइबीलाई दिएको थियो । प्रतिवेदन तयार गर्न सिआइबीले झण्डै ११ महिना लगाएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ