arrow

सानेपामा त्रिपाठीले अनशन तोडेपछि नेबिसंघ स्याङ्जाको रिले अनशन पनि स्थगित

logo
प्रकाशित २०७६ माघ १८ शनिबार
nawaraj_tripathi.gif

काठमाडौं। नेपाली काँग्रेसले आफ्नो मागमा ध्यान नदिइ नेबिसंघमा नयाँ नेतृत्व ल्याएपछि नेपाल विद्यार्थी संघका पूर्व केन्द्रीय सदस्य नवराज त्रिपाठीले जारी राखेको आमरण अनशन स्थगित गरेका छन् । 

पार्टीको केन्द्रीय कार्यालय सानेपामा संघको विधान कार्यान्वयनको मागसहित ५ दिनदेखिको आमरण अनशनमा रहेका त्रिपाठीले शुक्रवार अपराह्न अनशन स्थगित गरेका हुन् । 

४१ दिने रिले अनशनपछि आमरण अनशन थालेका त्रिपाठीको मागलाई वेवास्ता गरी पार्टी नेतृत्वले विहीबार उमेर हदलाई वेवास्ता गर्दै नेविसंघको तदर्थ समिति घोषणा गरेपछि शुक्रवारबाट उनले आमरण अनशन स्थगित गरेको विद्यार्थी नेता मनिस सिंखडाले जानकारी दिए। 

फागुन १४ गते हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा केन्द्रित हुन आफूले अनशन एकतर्फि रुपमा स्थगित गरेको त्रिपाठीले बताए ।

विधि–विधान कार्यान्वयन गराउन  संघर्ष जारी रहने उल्लेख गर्दै त्रिपाठीले आन्दोलनको रुप मात्र परिवर्तन गरिएको बताए ।

माघ १० गते सभापति शेरबहादुर देउवा निवासमा भएको पार्टीका शीर्ष नेताहरुको बैठकले १२ औँ महाधिवेशनबाट ३२ वर्षे उमेर हद लागु हुने तर्कमा टेकेर सहमति गरेको थियो । 

त्रिपाठीको समर्थनमा स्याङजा कांग्रेसको पार्टी कार्यालयमै नेपाल विद्यार्थी संघले रिले अनशन शुरु गरे पनि काठमाडौंमा त्रिपाठीले अनशन फिर्ता लिए लगत्तै स्याङजामा पनि स्थगित भएको छ। 

जिल्लामा लोकप्रिय मानिने विद्यार्थी नेता दिपक न्यौपानेको नेतृत्वमा बिरोध स्वरुप रिले अनशन शुरु भएको थियो।

अनशनमा विद्यार्थी नेताहरु संघको जिल्ला कोषाध्यक्ष धुर्व पङ्गेनी, जिल्ला सदस्य ऋषि बस्याल, युवराज गुरुङ लगाएत करिव ५० जना विद्यार्थी नेताहरुले बिधान सम्मत तदर्थ समिति आउनुपर्ने बताउदै अनशन बसेका थिए।

अनशन पछि नेता दिपक न्यौपानेले पार्टीले भातृ संस्थाहरुलाई विधानसम्मत चलाउन दिनुपर्ने बताए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ