arrow

२२ वर्षीय मायारामको दुर्घटना, घटनास्थलमै मृत्यु

logo
रासस,
प्रकाशित २०७६ माघ १८ शनिबार
accident.jpeg

लम्की। कैलालीको लम्कीचुहा नगरपालिका–६ गुलरामा मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको छ। शुक्रबार राति करिब १२ बजेतिर लोहारपुर घर भएका २२ वर्षीय मायाराम चौधरी पूर्वपश्चिम राजमार्गको गुलरा सडकखण्डमा से २ प १८५० नं को मोटरसाइकलसँगै मृतावस्थामा भेटिएका हुन्।

चुहामा व्यापार गर्दै आएको चौधरी लम्कीबाट घर जाने क्रममा राति गुलरा सडकखण्डमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको इलाका प्रहरी कार्यालय लम्कीले जनाएको छ।

चौधरीलाई मृतावस्थामा देखेपछि पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको एक बसका चालकले प्रहरीलाई खबर गरेको प्रहरीले जनाएको छ। चौधरीको मृत्युपछि उनका आफन्तले पूर्वपश्चिम राजमार्ग अवरुद्ध पारेका छन्। राति ३ बजेबाट राजमार्ग अवरुद्ध पारेपछि पूर्वबाट पश्चिम र पश्चिमबाट पूर्वतर्फ जाने सयौँ यातायातका साधनबीच बाटोमै अलपत्र परेका छन्। शव पनि राजमार्गबाट उठाइएको छैन। मृतकका आफन्तले कुनै गाडीले ठक्कर दिएको हुनसक्ने भन्दै छानबिन र क्षतिपूर्तिको माग गरेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ