arrow

डा. केसी बिरुद्ध अनसन बसेका थापा फेरि अनसन बस्ने !

logo
रासस,
प्रकाशित २०७६ माघ १८ शनिबार
bijaya-thapa.jpg

काठमाडौं। राष्ट्रिय चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा श्रीकृष्ण गिरीमाथि भ्रष्टाचार अभियोग लागेको हुँदा यसको निष्पक्ष छानबिन हुनुपर्ने माग गरिइएको छ ।

विजय थापाद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उनले उपाध्यक्ष डा गिरीमाथि लागेको भ्रष्टाचार अभियोगको निष्पक्ष छानबिन गरी दोषि देखिए कारवाही गर्नुपर्ने माग गरे ।

स्वास्थ्य शिक्षा सुधारका लागि प्रा. डा. गोविन्द केसी अनसन बस्दा थापा पनि उनको बिरोधमा अनसन बसेका थिए। थापालाई तत्कालिन समयमा दुर्गा प्रसाई र सत्तापक्षाका नेताहरुको साथ रहेको थियो। अब दुर्गा प्रसाईका बिरुद्ध कानुन लाग्ने भएपछि उहि थापा फेरि अनसन बस्ने भएका हुन्।

बि एण्ड सीका संचालक दुर्गा प्रसाईले डा. कृष्ण गिरीमाथि २० करोड घुस मागेको आरोप लगाएका थिए । प्रसाईलाई गिरीले मानहानी लगायतका आरोप उपर कानुनी बाटो रोजेका थिए। प्रसाई बिरुद्ध पक्राउ पुर्जी जारि भए पनि उनी अहिलेसम्म पक्राउ परेका छैनन्।

उनका सहयोगी थापा डा. गिरीमाथि छानविनको माग गरिरहेका छन्। उनले भने, “यही माघ २२ गतेसम्ममा आयोगका उपाध्यक्ष डा गिरीमाथि लागेको भ्रष्टाचार अभियोगको छानबिन गरी कारवाही नभए म आमरण अनशन बस्ने घोषणा गर्दछु ।”

आयोगका उपाध्यक्ष डा गिरीलाई उन्मुक्ति दिलाउनका लागि विभिन्न प्रपञ्च रचिएको र बी एन्ड सी अस्पतालका सञ्चालक दुर्गा प्रसार्इंलाई कानूनी डण्डा देखाएर तर्साउन खोजिएको भन्दै थापाले आपत्ति जनाए ।

उनले भने, “घुस मागेको आरोप लागेका आयोगका उपाध्यक्ष गिरिमाथि कुनै छानबिन नहुने तर जोसँग घुस मागिएको छ अर्थात् (मेडिकल सञ्चालक) जो स्वम् पीडित भएँ भनेर न्याय माग्दै छन् । उसैलाई कानूनी डण्डा देखाएर तर्साउनेजस्ता क्रियाकलाप गरिएको छ, यो गलत हो ।” थापाले मेडिकल कलेजलाई सम्बन्धन दिन २० (बीस करोड) घुस मागेको आरोप लाग्दै आएको जानकारीसमेत दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ