arrow

ख्वप कलेज नजिक दुर्घटना, एकको मृत्यु

logo
प्रकाशित २०७६ माघ १८ शनिबार
accident.jpeg

भक्तपुर। भक्तपुर नगरपालिका–२ ख्वप कलेज नजिक चाँगुबाट डेकोचातर्फ आउँदै गरेको बा १३ च १०५० नंको सामान बोक्ने गाडी गएराति आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

दुर्घटनामा सोही नगरपालिका ६ बस्ने १७ वर्षीय उज्वल कासुलाको जनस्वास्थ्य अस्पताल च्यामासिंहमा उपचारका क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए। प्रहरीले सवारी साधन र चालक वडा नं ६ बस्ने ३८ वर्षीय राधेश्याम लवजुलाई पक्राउ गरेको र मृतकको शव परीक्षणका लागि भक्तपुर अस्पताल पठाएको उनले जानकारी दिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ