arrow

साहित्यले सकारात्मकता आत्मसात् गर्नुपर्छ : रामचन्द्र पौडेल

logo
रासस,
प्रकाशित २०७६ माघ १८ शनिबार
ramchandra5.jpg

काठमाडौं। नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले साहित्यले समाजको मूल्य र मान्यतालाई बचाइराख्न सहयोग पुर्‍याउने बताएका छन्। सर्वज्ञ वाग्लेद्वारा लिखित उपन्यास ‘पुनर्वास’को आज लोकार्पण गर्दै उनले समाज नकारात्मकतातर्फ अग्रसर बन्दै गएको हुँदा साहित्यले सकारात्मकता र परिवर्तनलाई आत्मसात् गर्नुपर्छ भने।

“मुलुकमा ठूलो परिवर्तन आए पनि नागरिकमा नैराश्यता बढ्दै जानु दुःखद् पक्ष हो”, वरिष्ठ नेता पौडेलले भने, “नागरिकका पक्षमा सरकार गम्भीर बन्नु आवश्यक छ।” कार्यक्रममा राष्ट्रियसभा सदस्य इन्दु कँडरियाले उपन्यासले देशभक्त भावना जागृत गरेको चर्चा गरे। साहित्यकार कृष्णधारावासीले भूमि अतिक्रमणको विषयलाई जोडदाररुपले उपन्यासले उतार्ने कार्य गरेको टिप्पणी गरे।

लेखक वाग्लेले उपन्यासले समाजको यथार्थ चित्रण गरेको बताए। समारोहमा साहित्यकार बद्री पाण्डे, महेश क्षितिज, शिखा बुक्सका प्रकाशक पुष्पराज पौडेलले पुस्तकमाथि समीक्षा गरेका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ