arrow

भयावह बन्यो कोरोना भाइरसको संक्रमण, यस्तो छ आंकडा

logo
प्रकाशित २०७६ माघ १९ आइतबार
corona-virus-china-outbreak1.jpg

काठमाडौं । चीनको हुवेइ प्रान्तबाट फैलिएको कोरोना भाइरसको संक्रमण भयावह बन्दै गएको छ । यसबाट ज्यान गुमाउनेको संख्या दिनानुदिन बढ्दो छ । 

शनिबारसम्म कम्तीमा ३०४ जनाको ज्यान गइसकेको छ । हुवेइमा मात्र २९४ जनाको ज्यान गएको छ । शनिबार मात्रै पनि हुवेइमा ४५ भन्दा बढीको ज्यान गएको थियो । 

अहिलेसम्म १४ हजार ३८० जनामा कोरोनाको संक्रमण देखिएको छ । चीनमा शनिबार मात्रै पनि २ हजार ५९० जना संक्रमित फेला परिसकेका छन् । 

चीन बाहिर एक सय जनामा संक्रमण फेला परेको छ । 

पछिल्ला दिनमा दुई दर्जन देशमध्ये बेलायत, अमेरिका, रुस र जर्मनीमा नयाँ बिरामी देखापरेका छन् । 

नेपालमा अहिलेसम्म १ जनामात्र संक्रमित भेटिएका छन् । आशंका धेरैमा छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ