arrow

सातौँपटक हिमपात

logo
प्रकाशित २०७६ माघ १९ आइतबार
himpat1.jpg

बाजुरा । जिल्लाका उच्च भूभागमा पुनः हिमपात शुरु भएको छ । हिमपातका कारण चिसो बढेको छ । हिमाली क्षेत्रमा परेको भारी हिमपातका कारण चिसोले दैनिक जनजीवन नराम्ररी प्रभावित बनेको छ ।
 
शनिबार बिहानदेखि सदरमुकाम मार्तडीसहित आसपासका हिमाली भेगमा हिमपात र जिल्लाको तल्लो क्षेत्रमा पानी परेको छ । 

सातौँपटक हिमपात भएसँगै जिल्लामा चिसो बढेको छ । हिमपातपछि कोल्टी विमानस्थल बन्द भएको छ । स्थानीय बजार पनि बन्द छन् । ग्रामीण क्षेत्रमा आवतजावत रोकिएको छ । 

हिमाली क्षेत्रका गाउँमा परेको भारी हिमपातले एक गाउँदेखि अर्को गाउँसम्मको सम्पर्क टुटेको छ । हिमपातसँगै बढेको चिसोका कारण हिमाली क्षेत्रमा रहेका विद्यालय बन्द गरिएका छन् । 

बजार पसल पनि पूर्णरूपमा बन्द भएका छन् ।

चिसोले खुला स्थानमा बसोबास गर्ने भोट जनजातिलाई निकै सास्ती भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ