arrow

कृष्ण पहाडीका समाजसेवी बाबुले गरे दानैदान

कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार स्थापना, दश लाखको अक्षयकोष

logo
प्रकाशित २०७६ माघ १९ आइतबार
krishnapahadi-family.jpg

काठमाडौं । मानव अधिकार तथा शान्ति समाजले ‘कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार‘ स्थापना गरेको छ । सुप्रसिद्ध समाजसेवी एवं पूर्व प्रशासक बद्रीप्रसाद पहाडीको नाममा स्थापित पुरस्कार प्रत्येक वर्ष पहाडीको जन्मदिन चैत १ गते समाजसेवा-प्रशासनको क्षेत्रमा विशिष्ट योगदान गरेका एक जना व्यक्तित्वलाई रु. १ लाख १० हजार नगद र सम्मानपत्रसहित प्रदान गरिने शान्ति समाजले जनाएको छ ।

 अक्षय कोष स्थापनार्थ पहाडी परिवारले १० लाख नगद दिएका छन्  । बद्री पहाडी शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीका बाबु हुन् ।

 पुरस्कार छनौटका लागि शान्ति समाज केन्द्रिय कार्य समितिका सभापति उत्तम पुडासैनीको संयोजकत्वमा संस्थापक महासचिव सुवास ढकाल, संस्थापक सदस्य कृष्ण कँडेल, बरिष्ठ उपसभापति गोबिन्द खनाल, उपसभापति रेनुका पौडेल, महासचिव सुशिल बस्नेत र शान्ति समाज अनुशासन समितिका संयोजक डिकप्रसाद घिमिरे सम्मिलित छनौट समिति गठन गरिएको छ ।

साथै कृष्ण पहाडीका बाबु बद्री पहाडीले जग्गा दान गर्ने  घोषणा गरिसकेका छन् । पहाडीले संखुवासभा मादीस्थित आफ्नो पैतृक जग्गाको एक अंश मादी नगरपालीकालाई र अर्को एउटा अंश मादी बहुमुखी क्याम्पसलाई प्रदान गर्ने घोषणा समाजसेवी पहाडीले गरिसकेका हुन् । त्यो त्यही जग्गा हो जहाँ अवस्थित घरमा शान्ति समाजका संस्थापक सभापति पहाडीको जन्म भएको थियो ।

यसैगरी  पहाडीकी पत्नी स्व. राधादेवी दाहालले निकट अतितमा मोरङ जिल्ला स्थित पुरानो दादर बैरिया हालको धनपालथान गाँउ पालिका वडा ५ मा आधारभुत स्वास्थसेवा केन्द्र भवन निर्माणका लागि लाखौ मुल्यको ४ कठ्ठा जग्गा प्रदान गरेकी थिइन्।

समाजसेवी पहाडीले यसै महिना आफ्ना पिता स्व.पद्म प्रसाद दाहाल र आमा स्व. कृष्ण कुमारी दाहालको स्मृतिमा सेवा पुरस्कार स्थापनार्थ अक्षय कोष का लागी दाहाल प्रतिष्ठान लाई १० लाख र बिराट साहित्य संगम लाई पत्नी राधादेवी दाहालको स्मृतिमा रु १ लाख प्रदान गरेका थिए ।

यस्तै पत्नी स्व. राधादेवी दाहालको स्मृतिमा अक्षयकोष स्थापनार्थ परोपकार अभियान समुह बिराटनगरलाई रु ५ लाख प्रदान गरेका थिए ।

यसैगरी मानव अधिकार तथा शान्ति समाजले मासिक रुपमा संचालन गर्दै आएको शान्ति काब्य प्रवाहमा कविहरुको पारिश्रमिक बृद्धि खातिर अक्षयकोष निर्माणका लागि पहाडीले २ लाख प्रदान गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ