arrow

डान्सवारमा पन्थमाथि मरणासन्न हुने गरी कुटपिट: आइसीयू भर्ना, ५ जना पक्राउ

logo
प्रकाशित २०७६ माघ १९ आइतबार
dance-bar.jpg

काठमाडौं । डान्सवारमा आएका एकजना युवालाई मरणासन्न हुने गरी कुटपिट गर्ने पाँच जना पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा जाजरकोट भेरी घर भई हाल रातोपुल वस्ने डान्सवार संचालक गोपाल वटाला,  सिन्धुली कमलामाई ६ घर भई हाल माकलवारी बस्ने अस्मिता दुनुवार, महेन्द्रनगर झलारी घरभई हाल रातोपुल वस्ने कप गणेश साउद, सिन्धुपाल्चोक साँगाचोक १० घर भई हाल एकतावस्ति वस्ने अनिता लामा, सिन्धुपाल्चोक वाह्रविसे ६ घर भई हाल जोरपाटी वस्ने सविन श्रेष्ठ रहेका छन् ।  

गुल्मी ईश्मा गाँउपालिका ६ घर भई हाल डिल्लिवजार वस्ने वर्ष २८ को टपेन्द्र पन्थलाई रातोपुल स्थित अण्डरग्राउण्ड डान्सवारका पाँच जनाले मरणासन्न हुने गरि कुटपिट गरेका थिए ।

प्रहरीका अनुसार घटनाको प्रारम्भीक अनुसन्धान गर्दा पिडित टपेन्द्र पन्थ एक्लै डान्सवारमा गई खाना खाएका थिए ।  सो  विल अत्याधिक १२ वाह्रहजार उठाएपछी सोहि विवादमा रेष्टुरेन्ट संचालक लगायत अन्य कर्मचारीहरुले निजसंग भएको रु ५० हजार पनि लुटपाट गरेका थिए । ज्याकेट खोसेको र निजलाई पेट टाउको लगायत शरिरभरी गम्भिर घाउ हुने गरी कुटपिट गरी राति १२ :३० वजे वाहिर ल्याएर छोडेको देखिएको प्रहरी प्रवक्ता प्रनाउ होविन्द्र वोगटी बताए ।

पिडितले तत्काल आफन्तलाई सम्पर्क गरी विहान १ वजे  रातो पुलवाट उपचारको लागि शिक्षण अस्पताल महाराजगंज लगिएको देखिएको प्रहरीले जनाएको छ।  तत्पश्चात ग्रान्डि अस्पतालमा आइसियूमा राखि थप उपचार भईरहेको छ ।

शनिबार विहान ७ वजे महानगरीय प्रहरी परिसर काठमाडौका प्रमुखलाई पिडितको आफन्तले सूचना दिएका थिए ।  सुचना प्राप्त हुनासाथ परिसर काठमाडौवाट खटिएको विशेष टोलि खोजतलासको गरेको थियो । शनिबार साँझ १८:३० वजे  रातोपुल स्थित अण्डरग्राउण्ड डान्सवारवाट पक्राउ गरी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।  पक्राउ अभियुक्तहरुलाई ज्यान मार्ने उद्योगमा जाहेरी लिई थप अनुसन्धान भईरहेको प्रवक्ता वोगटीले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ