arrow

विरामी गैँडा मृत फेला, खाग र खुर सुरक्षित

logo
सन्जय भट्टराई
प्रकाशित २०७६ माघ १९ आइतबार
rhino-nawalparasi.jpg

नवलपुर । नवलपुरको मध्यविन्दु नगरपालिकामा शनिबार एउटा भाले गैँडा मृत फेला परेको छ । मध्यविन्दु नगरपालिका वडा नं २  सेहेरीमा शनिबार दिउँसो गैँडा मृत अवस्थामा भेटिएको हो ।  

स्थानीयका अनुसार स्थानीयले गैँडा मृतवस्थामा भेटेपछि प्रहरीलाई खबर गरेका थिए । मृत गैँडाको खाग र खुर निकुञ्जका प्राविधिक टोलीले सुरक्षित लगेको छ।

गैँडाको मृत्युको कारण पत्ता नलागे पनि उक्त गैँडा केही समय अगाडिदेखि विरामी भएको घटनास्थलमा खटिएका निकुञ्जका प्राविधिक टोलीले बताएका छन् ।

कावासोतीको मगरकोटमा पनि यस अघि एउटा गैँडा मृत अवस्थामा फेला परेको थियो । त्यसैगरी चितवनमा दुई वटा गैँडा मंगलबार मृत अवस्थामा फेला परेको थियो ।  पछिल्लो समय चितवन राष्ट्रिय निकुञ्जमा गैँडा मर्ने क्रम बढेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ