arrow

कैलालीको लम्कीचुहा तनावग्रत : प्रहरीद्वारा अश्रुग्यास प्रहार, खुलेन राजमार्ग

दोषीलाई कानुनको दायरामा ल्याउन माग

logo
देवानन्द न्यौपाने,
प्रकाशित २०७६ माघ १९ आइतबार
lamki-kailali.jpg

लम्की, कैलाली। शुक्रबार रातिदेखि अबरुद्ध भएको पूर्वपश्चिम राजमार्गको लम्की अत्तरीया सड्कखण्ड आइतबार दिनभर पनि ठप्प रहेको छ । बल प्रयोग गरेर राजमार्ग खुलाउने प्रहरीको प्रयासपनि असफल बनेको छ । आइतबार दिनभर प्रर्दशनकारीहरु बलिया बजारमा आएर प्रर्दशन गरेका थिए ।

पिडित पक्षले न्यायको माग गदै गरीएको प्रर्दशन र प्रहरीको राजमार्ग खाली गर्ने प्रयासपछि भएको झडपका कारण आइतबार दिनभर बलिया बजार तनावग्रत बनेको थियो । प्रर्दशनकारीहरुले प्रहरीमाथि ढुङ्गा र ईटाका टुक्रा प्रहार गर्दा प्रहरीले एक दर्जन बढी अश्रुग्यास प्रहार गरेको थियो ।

सोहि क्रममा प्रर्दशनकारी तर्फ र प्रहरीका केहि जवान सामान्य घाईते समेत भएका छन । भने ढुङ्गा प्रहार बाट आसपासमा रहेका सवारी साधनका सिसा फुटनुका साथै सामान्य क्षेति समेत भएका छन । घटनालाई साम्यपार्न प्रहरी, प्रशासन लागि रहेको कैलाली जिल्लाका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहोराले बताए ।

अहिले घटनालाई साम्य पार्न ईलाका प्रहरी कार्यालयमा जन प्रतिनिधि, पिडित, राजनितिक दलका प्रतिनिधि बिच छलफल भई रहेको बताइएको छ । यस क्षेत्रको शान्तिसुरक्षालाई संम्यम बनाउदै बलिया, गुलरा लगायतका क्षेत्रमा ब्यापकरुपमा नेपाल प्रहरी, सशस्त्र प्रहरीलाई परिचालन गरीएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

पिडित पक्षले दोषीलाई तत्काल पत्तालगाई कानुनी दायरामा ल्याउन र उचित क्षेतिपुर्तिको माग गदै प्रर्दशन गरिरहेका छन । मोटरसाइकल दुर्घटनामा परि लम्कीचुहा ६ गुलराको लुहारपुरका २२ बर्षिय युवक मायाराम चौधरीको शुक्रबार राति करीब ११ बजेको समयमा मृत्यु भएको थियो ।

चौधरीले चलाएको से २ प १८५० नम्वरको मोटरसाईकल दुर्घटना हुँदा चौधरीको घटनास्थलमै मृत्यु भएको हो। शुक्रबार राति करीब ११ बजेतिर दुर्घटना भएको अनुमान गरिएको भएपनी प्रहरीले भने राति १२ बजे मात्र जानकारी पाए लगतै घटनास्थल पुगेको ईलाका प्रहरी कार्यालय लम्कीले जनाएको छ ।

मृतकको शव शनिबार दिउसो घटनास्थलबाट उठाई पोष्टमार्टमका लागि टीकापुर अस्पतालमा राखिएको भएपनि दोषीलाई कानुनी दायरामा नल्याएसम्म शव नबुझने पिडित परिवारको अडान रहेको जनाइएको छ । बन्दका कारण राजमार्गमा अतिआवश्यक सवारी साधान सञ्चालनमा समेत स्थानीय प्रर्दशनकारीले अवरोध गरिरहेका छन ।

घटनाकै क्रममा शनिबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएका ५ विद्यार्थिहरुलाई साझनै छोडेको छ, भने आइतबार दिउसोको प्रर्दशनमा समेत केहि संख्यामा पक्राउ गरेको छ ।

अनुसन्धानको लागि घटनामा संलग्न भएको आशंकामा शनीबार नै चुहामा रहेको मोरकेयर नामक संस्थाद्धारा संञ्चालीत से १ च १७०० नम्बरको एम्बुलेन्स र चालक कालुसिंह भुललाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय लम्कीले जनाएको छ । तर नियन्त्रणमा लिएको एम्बुलेन्स चालक कालुसिंह भुल र उसका आफन्तले घटनामा एम्बुलेन्सको कुनै संलग्नता नरहेको, वास्तवीक पिडकलाई लुकाउन स्थानिय जनप्रतिनिधि र प्रहरी प्रशासन लागि रहेको आरोप लगाएका छन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ