काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल विद्यार्थी संघ (नेविसंघ) कार्यसमितिलाई विस्तार गरेका छन् । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको २०७५ फाल्गुण १ गतेको बैठकको निर्णय अनुसार सभापति देउवाले २०७६ माघ १६ गते गठित “नेपाल विद्यार्थी संघ केन्द्रीय तदर्थ कार्यसमिति” मा पदाधिकारी थप गरी कार्यसमितिलाई विस्तार गरेका हुन् ।