arrow

नेकपाका नेताहरुलाई भागबण्डा गराएर प्रस्तुत गरेको प्रमको गुनासो

बैठक असाधारण : प्रचण्ड

logo
प्रकाशित २०७६ माघ १९ आइतबार
KP-oli-talking-new.jpg.jpeg

काठमाडौं ।  सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार पार्टीले गरेको निर्देशानुसार सञ्चालन हुने तथा सरकारले गरेका राम्रा काममा पार्टीको समर्थन र तिनको प्रचार हुनुपर्ने आग्रह गरेका छन्  ।

 केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठक को समापन मन्तव्यका क्रममा उनले कतिपय सञ्चारमाध्यममले नेकपाका नेताहरुलाई भागबण्डा गराएर प्रस्तुत गरेको गुनासो गर्दै सोचविचार गरेर पार्टी एकता गरिएकाले कसैले एकतालाई तलमाथि गर्न नसक्ने ठोकुवा गरे ।

पार्टीमा वैचारिक छलफल र स्कूल सञ्चालन हुनुपर्नेमा जोड दिँदै उनले वर्तमान सरकारले भ्रष्टाचारीलाई पक्राउ र कारबाही बढाएकाले भ्रष्टाचार बढेको जस्तो भान परेको जनाए ।

उनले भने, “हामी उग्रपन्थी, सङ्कीर्ण, उत्ताउला वा दक्षिणपन्थी छैनौँ । राष्ट्रियता र लोकतन्त्रको सवालमा कुनै कमी रहन दिँदैनौँ । यसमा पार्टी र सरकार स्पष्ट छ ।” उनले चीनमा देखिएको कोरोना भाइरसको प्रकोपको नेपालमा प्रभाव पर्न नदिन सरकारले विशेष सतर्कता अपनाएको पनि उल्लेख गरे ।

बैठकमा उठेका विषयमाथि नेतृत्वका तर्फबाट जवाफ दिँदै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बैठक असाधारण रहेको र यसले आफूहरुलाई विकृति र विसङ्गतिबाट सच्याउँदै अघि बढ्न निर्देश गरेको स्पष्ट गरे ।

उनले भने, “हामी तपाईँहरुले उठाएका विषयमा गम्भीर छौँ । वैज्ञानिक समाजवाद हुँदै समाजवादमा पुग्ने यात्रामा पार्टीलाई एक ढिक्का बनाएर देशव्यापी अभियानमा सबै जुटौँ ।”



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ