arrow

नेपाल टेलिभिजन व्यवस्थापनले किन बेवास्ता गरिरहेछ कर्मचारी ट्रेड युनियनलाई ?

logo
हाम्रा कुरा
प्रकाशित २०७६ माघ १९ आइतबार
ntv-logo.jpg

काठमाडौं । नेपाल टेलिभिजनको ३५ औं वार्षिकोत्सवमा कर्मचारी ट्रेड युनियनलाई बेवास्ता गरिएको भन्दै युनियनले आपत्ति जनाएको छ ।

गत माघ १७ गते नेपाल टेलिभिजन इटहरी च्यानलको शुभारम्भ कार्यक्रममा व्यवस्थापकका तर्फबाट संस्थानमा कार्यरत कर्मचारीको नेतृत्व गरिरहेका कर्मचारी ट्रेड युनियनलाई बेवास्ता गरिनु अत्यन्तै निन्दनीय रहेको समेत युनियनले बताएको छ । 

कर्मचारी संघका अध्यक्ष गोपालप्रसाद दाहाल र कर्मचारी युनियनका अध्यक्ष सुरेन्द्र बस्नेतले संयुक्त रुपमा जारी गरेको विज्ञप्तिमा ‘संस्थाको समग्र हित र लक्ष्य प्राप्तिका कर्मचारीसंग हातेमालो गरेर हिँड्नु पर्ने उच्च व्यवस्थापन कर्मचारीसंगको सहकार्यबाट भाग्न खोजेको अनुभूति हामीले गरेका छौं । अर्कोतर्फ यसअघि कायम रहेको कर्मचारीको सेवाको सुरक्षा र सेवा सुविधामा प्रतिकुल हुनेगरी लागु गरिएको विनियमावली विरुद्ध कर्मचारी संघ र युनियन आन्दोलनरत नै छौं ।’

विज्ञप्तिमा अगाडि भनिएको छ, ‘यही अवस्थामा संस्थानभित्रका कर्मचारीको वृत्ति विकास रोकी कर्मचारी व्यवस्थापनको दीर्घकालीन योजना बिना ठूलो संख्यमा नयाँ कर्मचारी भर्नाका लागि गरिएको विज्ञापनले कर्मचारीको मनोबलमा चोट पुगेको छ ।’

यसप्रति आपत्ति जनाउँदै भनिएको छ, ‘कर्मचारीको वृत्ति विकास र सेवासंग जोडिएका तमाम समस्या समाधानका लागि कुनै पहल नगरी यसअघि कर्मचारी संघ र युनियनबाट पेस भएका मागहरुको समेत बेवास्ता गरिरहेको अवस्थामा उच्च व्यवस्थापनले देखाएको रवैयाविरुद्ध माघ २० गते आयोजना गर्न लागिएको वाािर्षक उत्सव सम्बन्धी सम्पूर्ण कार्यक्रम बहिस्कार गर्ने निर्णय गरेका छौं ।’

संस्थालाई आर्थिक भारको दलदलमा लगेर धरासायी बनाउने व्यवस्थापनको पछिल्ला कार्यहरुप्रति घोर भर्सना गरी सम्पूर्ण कर्मचारीहरुलाई एकतावद्ध हुन आव्हानसमेत गरिएको छ । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ