arrow

मौसममा सामान्य परिवर्तन, काठमाडौंमा चिसो 

logo
प्रकाशित २०७६ माघ २० सोमबार
weather.jpg

काठमाडौं । मौसममा सोमबार बिहान केही परिवर्तन भएको छ । काठमाडौं उपत्यकासहित तराई भेगमा मौसम सफा रहेको छ । काठमाडौंमा हल्का चिसो बढेको छ ।

आइतबार बिहानको न्यूनतम तापक्रम ५.८ डिग्री सेल्सियस रहे पनि सोमबार बिहान न्यूनतम तापक्रम ३.२ डिग्री सेल्सियस रहेको छ । 

मंगलबार यसमा अझै थपघट हुन सक्नेछ । मौसम पूवानुमान महाशाखाका मौसमविद् मीनकुमार अर्यालले बताए अनुसार पूर्वी र पश्चिमी पहाडी भेगमा सामान्य बदली भएको छ । 

हिमाली भेगमा सामान्य बदली भएको छ । हिमपातको सम्भावना भने कम रहेको छ । आंशिक बदली भनिए पनि घाम लाग्ने मौसमविद् अर्यालले बताए । 

तर मंगलबार भने वर्षाको सम्भावना रहेको छ । मध्य र पूर्वमा हल्का वर्षा हुन सक्नेछ । अन्य क्षेत्रमा भने त्यतिठूलो परिवर्तन नहुने अर्यालले बताए । 

हाल नेपालमा उल्लेखीनीय मौसमी प्रणाली छैन । आइतबार कुनै पनि स्थानमा वर्षा भएन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ