arrow

एमसीसीलाई पारित नगर्ने मुडमै पुगेको हो त नेकपा ?

ओलीको सत्ता आयु दाउमा, झलनाथ र भीम रावलको अग्निपरीक्षा

logo
हाम्रा कुरा
प्रकाशित २०७६ माघ २० सोमबार
ncp-central-committee-second-meeting.jpg

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेकपा अमेरिकी सहयोग परियोजना एमसीसी पारित नगर्ने मुडमा पुगेको देखिएको छ । 

नेकपाको केन्द्रीय कमिटि बैठकमा एमसीसीको भूमिकाको चर्को आलोचना भएसंगै एमसीसी पारित नगर्ने मुडमा नेतृत्व पुगेको दावी गरिएको छ । 

नेतृत्वले जसले एमसीसीको विरोध गरेका छन् उनीहरुलाई नै अध्ययन गर्न कार्यदलको जिम्मा दिएपछि यो आशंका अझ बढी फराकिलो भएको हो । 

नेकपाले एमसीसीबारे अध्ययन गर्न तीन सदस्यीय कार्यदल गठन गरेको छ । आइतबारको बैठकमा सदस्यहरुले उठाएको प्रश्नमा जवाफ दिँदै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कार्यदल गठन गरेको जानकारी दिएका हुन् ।

वरिष्ठ नेता झलनाथ खनालको संयोजकत्वमा गठित कार्यदलमा भीम रावल र प्रदीप ज्ञवाली सदस्य छन् । कार्यदलले १० दिनको म्याद पाएको छ ।

कार्यदलले उक्त अवधिमा अध्ययन प्रतिवेदन तयार गरी बुझाउनुपर्ने छ । बैठकमा धेरै नेताहरुले एमसीसी सम्झौता परिमार्जन नगरी पास गर्न नहुनेमा जोड दिएका थिए ।

नेकपामा एमसीसी सम्झौतालाई लिएर तीव्र मत विभाजन छ । 
झलनाथ खनाल र भीम रावलले विरोध गरिरहँदा उनीहरुलाई नै कार्यदलमा राखेर नेतृत्वले ठूलो रिस्क मोलेको छ । 

यदि यो पारित भयो भने झलनाथ र रावललाई पहिलेदेखि नै एमसीसी पारित गर्नुपर्नेमा जोड दिएका अध्यक्ष केपी शर्मा ओलीले समर्थन पाएछन् भन्ने बुझ्न सकिन्छ । 

किनकि अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि एमसीसीलाई सुधार गरेर मात्र पारित गर्नुपर्ने बताएका छन् । 

अब झलनाथ खनाल पश्चिमा देशहरुको कट्टर आलोचक हुन् । यो अर्थमा उनले एमसीसीलाई सही छ भनी भन्ने कुनै आधार नै छैन । 

भीम रावल पनि त्यस्तै हुन् । उनले ओलीको हेपाहा प्रवृत्तिलाई रोक्न पनि एमसीसीलाई सफल बनाउन नदिने दाउमा छन् । 

प्रचण्डले भने आफ्नो राजनीतिक प्रस्तावमा उल्लेखित अमेरिकाको इन्डो–प्यासिफिक स्ट्राटेजी (आइपीएस) चीनलाई घेरा हाल्नका लागि ल्याइएको भनी लेखिएको भनाई फिर्ता लिएको बताएका छन् ।

प्रतिवेदनको पृष्ठ ८ मा अमेरिकारले हिन्द महासागर वरिपरिका क्षेत्रहरुमा आफ्नो प्रभुत्व विस्तार गर्ने, प्रभुत्व कायम गर्ने र पहिलो आर्थिक शक्तिका रुपमा उदाउँदै गरेको चीनलाई घेरा हाल्ने र कमजोर पार्ने सैन्य रणनीतिका रुपमा इण्डो प्यासिफिक रणनीति अगाडि बढाइरहेको उल्लेख गरिएको थियो । 

ओली यसै पनि अल्पमतमा परिसकेका छन् । स्थायी कमिटिदेखि केन्द्रीय कमिटिसम्म आइपुग्दा ओली पक्षको अवस्था दयनीय बन्दै गएको छ । 

तर ओलीले स्वार्थीहरुलाई ठीक पार्न जानेका छन् । सेटिङ मिलाउन जानेका छन् । एमसीसीको कार्यदलमा एक सदस्य परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली ओलीका विश्वास पात्र हुन् । 

उनले झलनाथ र भीमले खेलेको भूमिकाको बारेमा पक्कै पनि ओलीलाई र्यापोर्टिङ गर्ने नै छन् । त्यो र्यापोर्टिङका आधारमा ओलीले आफ्नो रणनीति बनाउने छन् । 

ताकि कुनै पनि बेलामा झलनाथ र भीम रावललाई सेटिङ गर्न सकियोस् । सत्तामा रहेर कमजोर बन्दै आएका ओलीका लागि एमसीसी सरकारमा रहने वा नरहने भनी ठूलो हतियार हो । 

एमसीसी पारित भए ओली केही समय सत्तामै रहने छन् । पारित नभए माधव नेपाल वा प्रचण्डले सत्ताको नेतृत्व सम्हाल्ने अनुमान नेकपाको बुद्धिजीवी वृत्तले गर्न लागेको छ । 

संसदबाट पािरत हुनुपर्ने उक्त एमसीसी रोकियो भने नेकपाबाटै रोकिन्छ । किनकि प्रतिपक्षी काँग्रेसले पारित गर्नुपर्ने भनिसकेको छ । 

यस सन्दर्भमा नेकपा र सरकारले आफू कुनै पनि बाह्यय सैन्य गठबन्धन र सैन्य रणनीतिको हिस्सा नभएको र हुन पनि नसक्ने कुरा स्पष्ट गरेको प्रतिवेदनमा बताइएको छ ।


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ