arrow

छिमेकी युवती करणीपछि भागेका बस्नेत कुवेत जाने क्रममा पक्राउ

logo
प्रकाशित २०७६ माघ २० सोमबार
basnet2.jpg

काठमाढौं ।  धादिङको गजुरी बस्नेत गाँउका हरिकृष्ण भनिने हेमन सिंह बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ ।

बस्नेत गाँउमा बाटो खन्ने काममा  एक्स्काभेटर चालक बस्नेतले एक युवतीलाई करणी गरि फरार रहेका थिए ।

आफ्नै गाँउ धादिङको  गजुरी वडा नं. ८ हलेदेखोला स्थित स्थानीय १६ वर्षे युवतीलाई बस्नेतले २०७६ जेठ १४ गते राति ३ बजे करणी गरेका थिए ।  

आफ्नै घरको कोठामा सुतिरहेकी युवतीको ढोका फोडेर कोठाभित्र प्रवेश गरि बस्नेतले करणी गरेको प्रहरीले जनाएको छ ।

बस्नेतले युवतीले बोल्न कराउन नसक्ने गरी मुख थुनी जवरजस्ती करणी गरी फरार भएका थिए ।

बस्नेतलाई केन्द्रीय अनुसन्धान ब्यूरोले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ ।

जबरजस्ती करणीपछि भारतका विभिन्न स्थानमा लुकिछिपि बसेका बस्नेत नेपाल आइ रोजगारीका लागि कुवेत जाने क्रममा विमानस्थलबाट पक्राउ परेका हुन् ।

बस्नेतलाई सोमबारै जिल्ला प्रहरी कार्यालय धादिङ पठाइएको छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ