arrow

पूर्व सांसद श्रेष्ठको उपचारको क्रममा निधन, देउवा दु:खी

logo
प्रकाशित २०७६ माघ २० सोमबार
sher-bahadur-deuba.jpg.jpeg

काठमाडौं ।  पूर्व सांसद श्रीराम श्रेष्ठको उपचारको क्रममा निधन भएको छ । ८१ वर्षिय श्रेष्ठको उपचारको क्रममा निदान अस्पतालमा सोमबार निधन भएको हो ।

नेपाली कांग्रेस जिल्ला कार्यसमिति, काठमाण्डौंका पूर्व कोषाध्यक्ष समेत रहेका श्रेष्ठले नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गरेका थिए ।  

नेपाली कांग्रेसले उनको निधनबाट पार्टीलाई अपुरणीय क्षति पुगेको बताएको छ । 'समाजसेवामा समर्पित  श्रेष्ठको निधनबाट मुलुकले एक कर्मठ प्रजातन्त्रवादी योद्धा गुमाएको छ ।' कांग्रेसले गहिरो दुःख व्यक्त गर्दै आत्माको चीर शान्तिको कामना गरेको छ ।

श्रेष्ठको निधनप्रति नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि दुःख व्यक्त गरेका छन् ।

जारी विज्ञप्तिमा भनिएको छ “नेपालको लोकतान्त्रिक आन्दोलनमा स्वर्गीय श्रेष्ठले महत्वपूर्ण योगदान पुर्‍याउनुका साथै नेपाली कांग्रेसको संगठन विस्तारमा समेत उहाँको महत्वपूर्ण योगदान रहेको थियो । उहाँको निधनबाट नेपाली कांग्रेसलाई अपुरणीय क्षति पुग्नुका साथै सच्चा लोकतन्त्रवादी नेता पार्टीले गुमाएको छ । उहाँको निधनप्रति म गहिरो दुःख व्यक्त गर्दछु । साथै, उहाँको आत्माको चीर शान्तिको कामना गर्दै उहाँका शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछु ।”

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ