arrow

चिन्तामणि झुण्डिएको हल्ला गर्दै पुर्‍याए अस्पताल, घाँटी थिचेर मारेको आरोपमा चार पक्राउ

logo
प्रकाशित २०७६ माघ २० सोमबार
murderer.jpg

धनुषा। मोबाइलको मेमोरीलाई लिएर चिन्तामणि पासवानको हत्या गरेको खुलेको छ। मेमोरी कार्डका विषयमा झगडा भएपछि धनुषामा परिवारकै सदस्य मिलेर चिन्तामणि पासवानको हत्या गरेको खुलेको हो ।

पासवान परिवारका चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।  धनुषाको औरही गाउँपालिका–२ की २२ वर्षीया चिन्तामणि पासवानको उनकै परिवारका सदस्यहरुले हत्या गरेको प्रहरीले सोमबार पत्रकार सम्मेलनमा बताएको छ ।

पक्राउ पर्नेमा चिन्तामणिका ससूरा ५५ वर्षीय राधाकृष्ण पासवान, सासू ४५ वर्षीया कुमला पासवान, ३० वर्षीय श्रीमान अनिल कुमार पासवान र २० वर्षीय नन्द पुनिता पासवान रहेका छन् ।

गत माघ १८ गते शनिबार नन्द भाउजुबीच मोबाइलको मेमोरी कार्ड लेनदेन विषयमा विवाद हुँदा घाँटी थिची हत्याको गरेको प्रहरीको आरोप छ । प्रहरीकाअनुसार यही माघ १८ गते मोबाइलको ‘मेमोरी कार्ड’को विषयमा चिन्तामणिको नन्द पुनितासँग विवाद भएको थियो ।सोही विषयलाई लिएर श्रीमान् अनिल, ससुरा राधाकृष्ण र सासूले कुटपिट गरी बुहारी चिन्तामणिको घाँटी थिचेर हत्या गरेको प्रहरीले जानाएको छ  ।

परिवारका सदस्यले अपराध लुकाउन मृतक झुण्डिएको हल्ला-खल्ला गरी जिउँदै रहेको भन्दै अटो रिक्सामा राखी उपचारका लागि प्रादेशिक अस्पतालमा लगेका थिए । त्यसपछि चिन्तामणिको हत्यापछि झुन्डिएर आत्महत्या गरेको भन्दै परिवार पक्षले हल्ला फैलाएको थियो ।

प्रादेशिक अस्पताल जनकपुरधाममा ‘पोस्टमार्टम’ गर्दा चिन्तामणिको घाँटी थिचेर हत्या गरे रिपोर्ट आएको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुमाथि प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ