arrow

कमल थापाको अर्जुन दृष्टि केमा ?

logo
प्रकाशित २०७६ माघ २१ मंगलबार
kamal-thapa8.jpg

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अब पार्टीको सम्पुर्ण ध्यान महाधिवेशनमा केन्द्रित गर्नुपर्नेमा जोड दिएका छन् । पार्टीका प्रदेश अध्यक्ष र प्रदेश इन्चार्जहरुको संयुक्त बैठकलाई सम्बोधन गर्दै थापाले संगठन निर्माण र सुदृढीकरणलाई उच्च प्राथमिकतामा राखी महाधिवेशनतर्फ अर्जुन दृष्टिका साथ अघि बढ्न आग्रह गरे ।

बैठकमा केन्द्रीय समिति बैठकका निर्णय कार्यान्वयन, सकृय सदस्यता बितरण अभियान, महाधिवेशन चुनावी प्रक्रिया लगायतका बिषयमा छ्लफल भएको थियो ।

बैठकमा अध्यक्ष थापाले सरकारको असफलता, प्रमुख प्रतिपक्ष दलको कमजोर भुमिका, मुलुकमा बढ्दो भ्रष्टाचार, बेरोजगारी समस्या,धर्म परिबर्तनको डरलाग्दो डढेलो, मनपरितन्त्र र ब्रम्हलुटको यथार्थ चित्रण जनता समक्ष गराउनु पर्ने आबश्यकता रहेकोले सोही अनुरुपको प्रभाबकारी  कार्यक्रमलाई अभियानको रुपमा संचालन गर्न प्रदेश अध्यक्षहरुलाई अनुरोध गरे।

बैठकमा वरिष्ठ नेता दिपक बोहरा, वरिष्ठ उपाध्यक्षद्वय बुद्धिमान तामाङ र राजिब पराजुली लगायत महामन्त्री र प्रवक्ताहरुको समेत सहभागीता रहेको थियो । राप्रपाको आगामी महाधिवेशन सकृय सदस्यताको आधारमा हुनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ