arrow

राजपाभित्र उपेन्द्रको चलखेल, अध्यक्ष मण्डलका संयोजक नै शंकाको घेरामा

logo
प्रकाशित २०७६ माघ २१ मंगलबार
forum-rajapa.png

राजविराज । राष्ट्रिय जनता पार्टी (राजपा) अध्यक्ष मण्डलका संयोजक महेन्द्रराय यादव अभिव्यत्तिले अध्यक्ष मण्डलका सदस्यहरु सशंकित हुन थालेका छन । समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनता पार्टी (राजपा) अध्यक्ष मण्डलका संयोजक यादवको भाषणको आशय एउटै भएपछि अध्यक्षमण्डका सदस्यहरु सशंकित भएका हुन् ।

संयोजक यादव पार्टी एकता चाडै हुने बताउँछन् । तर घट्नाक्रमहरू केलाउँदा भने दुई पार्टीबीचको एकता नजिक पुगेको देखिँदैन । बाहिर हल्ला भएजस्तो पार्टी एकताका विषयमा कुनै ठोस प्रगति नभएको राजपा अध्यक्ष मण्डलका सदस्य अनिलकुमार झा बताउँछन् । उनी भन्छन, ‘अध्यक्ष मण्डल तहमा वार्ताबारे कुनै छलफल भएको छैन ।’ राष्ट्रिय सभा सदस्य निर्वाचन र उपचुनावको निर्वाचनले पनि दुई दललाई झन टाढा र्पुयाएको झाको भनाइ छ ।

राजपाको नेकपासँग सहकार्यको सम्भावना नरहेको  अभिव्यक्तिले पनि अध्यक्षमण्डलका अन्य सदस्यहरू सशंकित देखिएका छन । ६ सदस्यीय राजपाको अध्यक्षमण्डलमा दुई–दुई महिनाको चक्रीय प्रणालीअनुसार संयोजक बन्ने प्रावधान छ। त्यसैअनुसार संयोजक बनेका यादवको अभिव्यक्तिले राजपा नेताहरूलाई पनि अलमलमा पारेको छ। अध्यक्षमण्डलका सदस्य शरदसिंह भण्डारीले संयोजक यादवले  सार्वजनिक रूपमा दिएइ रहेको अभिव्यक्ति प्रति आश्चर्य प्रकट गरे।

समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवको डिजाईनमा राजपाका संयोजक महेन्द्रराय यादवले काम गरिरहेका छन् । सुरु देखिनै महेन्द्रले उपेन्द्रको योजना अनुसार काम गर्दैआएको देखिन्छ । २०७४ सालको पहिलो र दोस्रो चरणको स्थानिय निर्वाचनमा राष्ट्रिय जनाता पार्टीले  भाग लिएन तर महेन्द्रराय यादवले दवाव दिएपछि  तेस्रो चरणको चुनावमा भाग लिन बाध्य भयो ।

स्रोतका अनुसार  संघीय तथा प्रदेशको चुनावमा पनि उपेन्द्रलाई नै सहयोग गरेको थियो  । राजपालाई कमजोर गर्ने उद्देश्यले पार्टी भित्र छिरेका यादवले राजपाको जहा सिट सुरक्षित हुन सक्ने अवस्था थियो त्यो ठाउँमा तत्कालिन मधेशी जनअधिकार फोरम नेपाललाई टिकट दिलान सहयोग गरियो ।

यसैगरी, स्थानीय तहको उपनिर्वाचनमा राजपाको गढ मानिएको स्थानमा समाजवादीवाट उम्मेदवार वनाएको र ब्यक्तिको छनौट समेत महेन्द्रले नै गरेको विषय सार्वजनिक भएकै विषय हो । उप्रेन्द्र यादवलाई सरकारमा सहभागि गराउन समेत उनले सहयोग गरेको तथ्य वाहिर आएको छ  । उपेन्द्र सरकारमा सहभागि भएको वेला अध्यक्ष मण्डलाई जाकारी विना नै पार्टी एकिकरणको लागि पत्र पठाएको थियो ।

राष्ट्रिय सभाको चुनावमा नेकपा–राजपावाट २-२ जनाको उम्मेदवार वनाउने विषयमा महेन्द्रले कुनै विरोध गरेनन् । तर, उम्मेदवार छनौटमा आफनो मान्छे नपरेपछि ‘अपवित्र’ गठवन्धन भन्दै नकारात्मक टिप्पणी गर्दै हिडेको विषयमा समेत उनी आलोचित छन् । यसैगरी, निर्वाचनमा मत क्रसिङ्गको लागि प्रदेश सभासदस्य तथा बन तथा पर्यटन मन्त्री रामनरेष रायका निवासमा बैठक भएको थियो। जसमा नेकपा नेता मातृका यादवको समेत उपस्तिी थियो ।

समाजवादी पार्टीका नेताहरूले भनेझैँ प्रदेश २ को सरकार गठबन्धनमा कुनै परिवर्तन नहुने दाबी राजपा संयोजक यादवले पनि गरेका छन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ