arrow

आयोगका उपाध्यक्ष गिरीको योग्यताको छानविन गर्न माग

logo
प्रकाशित २०७६ माघ २१ मंगलबार
giri1.jpg

काठमाडौं । नेपाली कांग्रेस नेतृ तथा  प्रतिनिधि सभा सदस्य डा. डिला संग्रौलाले चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीको योग्यताको छानविन गर्न माग गरेकी छन् ।

मंगलबार प्रतिनिधि सभा बैठकको शून्य समयमा  मेडिकल शिक्षा भित्रको बेथिति सम्बन्धमा सभामुख मार्फत सरकारको ध्यानाकर्षणमा संग्रौलाले गिरीको योग्यताको विषयमा प्रश्न उठाउदै सत्य तथा छानविनको माग गरेकी हुन् ।

'नेपालका निजी मेडिकल कलेजले बढी शुल्क लिएको भन्दै फिर्ता गराउन पटकपटक आवाज उठ्दै आएको छ ।' संग्रौलाले भनिन्,' विद्यार्थीका अभिभावक, कलेज सञ्चालक र सरकारबीच कलेजले लिएको बढी शुल्क फिर्ता गर्ने सहमति भएको थियो । तर सहमति विपरित कलेजहरुले बढी शुल्क लिइरहेका समाचार आईरहेका छन् । सरकारले आफूसँग भएको सहमति कार्यान्वय भयो कि भएन संसदलाई जानकारी गराउन सभामुख मार्फत सरकारको ध्यानाकर्षण गराउँदछु ।'

यस अघि आयोगका उपाध्यक्ष डा. गिरीमाथि  बीएण्डसी अस्पताल संचालक दुर्गा प्रसाईले  २० करोड घुस मागेको आरोप लगाएका थिए ।  शिक्षा मन्त्री गिरिराज पोखरेल निकट मानिएका उपध्यक्ष गिरिले मेडिकल कलेज चलाउन घुस मागे पनि आफुले दिन नसक्ने बताएको प्रसाईले काठमाडौमा गरिएको पत्रकार सम्मेलनमा बताएका थिए।

गिरीले पनि  पत्रकार सम्मेलन नै गरेर प्रसाईंको आरोप खण्डन गर्दै त्यसविरुद्ध कानुनी उपचार खोज्ने बताएका थिए।गिरीले प्रसाई बिरुद्ध अदालतमा गाली, बेईज्जती मुद्दा दायर गरेका थिए। आफ्नो चरित्र हत्याको प्रयास भएको भन्दै गिरीले प्रसाई बिरुद्ध उजुरी हालेका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ