arrow

पत्रकार खड्कालाई मार्ने धम्की

logo
प्रकाशित २०७६ माघ २१ मंगलबार
tejan-khadka.jpg

काठमाडौं । पत्रकार तेजन खड्कालाई सामाजिक सन्जाल मार्फत ज्यान मार्ने धम्की आएको छ । ybf kont नाम गरेको फेसबुक आइडिबाट घाँटी काट्ने सम्मको धम्की आएको हो ।

तेरो घाटि चाडैं छिन्छ, पख मा..... ने त जहाँ भए नि सेभ छैनस म्यासेजमा लेखिएको छ, तेरो टाउको छिनाल्छु, ... जि मेरो यो च्यालेन्ज भयो।

म्याजेस आएसगै पत्रकार तेजनले प्रहरी प्रशासन सामु सत्य तथ्य छानबिनका लागि उजुरी दर्ता गराएका छन्। पत्रकार खड्काले कस्ले र किन यस्तो हर्कत गर्यो अनबीज्ञ रहेको बताए ।

सत्य तथ्य समाचार लेख्दा गाली गलौज आकै हो, तर मार्छु भनेर चाहिँ पहिलो यस्तो धम्की आयो, खड्काले भने, पछाडिबाट हैन अगाडि आउ फेस गर्न तयार छु ।

यसैबिच खड्कालाई यस्तो धम्कि आएपछि उर्लाबारी अग्रज पत्रकार केदार चौहानको अगुवाईमा सन्चार क्लबका अध्यक्ष सरोज बस्नेत, मिलन के राउत, जगन्नाथ भट्टराई, किसोर श्रेष्ठ सन्तोस बिष्ट लगायत प्रहरी प्रसाशन पुग्दै उजुरी दिएका छन्  । पत्रकार चौहानले भने, समाचारमा चित नबुझे कानुनी कारबाही खोज्नु, तर यस्तो धम्की दिन पाइदैन ।

उर्लाबारीका प्रहरी प्रमुख सुबास राइले घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिए । 

नेपाल प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटीले धम्की दिने व्यक्तिको तत्काल पहिचान गरि कानुनी दायरामा ल्याई पत्रकार तेजन खड्कालाई भयरहित वातावरणमा पत्रकारिता गर्ने व्यवस्था मिलाउन स्थानिय प्रसासनसँग माग गरेका छन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ