arrow

राप्रपाले बाढ्यो सदस्यता फारम, पहिलो कमल थापालाई

logo
प्रकाशित २०७६ माघ २१ मंगलबार
sadasyata.jpg

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रिय समिती बैठकद्वारा आगामी २०७७ जेष्ठ २५ गते महाधिवेशनको मिति तय भए पश्चात् महाधिवेशन निर्बाचन समितीले तयार गरेको र केन्द्रिय समितिले पास गरेको कार्यतालिका बमोजिम सक्रिय सदस्यता फारम बितरण अभियान शुरु भएको छ।

 मंगलबार पार्टी केन्द्रिय कार्यालय धुम्बाराहिमा निर्बाचन समितीका अध्यक्ष एबं पार्टीका उपाध्यक्ष तोरण बहादुर गुरुङले पार्टी अध्यक्ष कमल थापालाई सक्रिय सदस्यता फारम हस्तान्तरण गरे ।

सक्रिय सदस्यता फारम बुझ्दै थापाले कार्यतालिका बमोजिम निर्बाचन समितिले आफ्नो काम निर्बाध रुपमा तोकिएको समय सिमा भित्र सम्पन्न गर्ने गरि कार्य सम्पन्न गर्न आग्रह गरे । उहाले सो अवसरमा उच्च मनोबलका साथ संगठन निर्माणमा जुट्न समेत कार्यकर्ताहरुमा निर्देशन दिए ।

बिरगंजमा सम्पन्न केन्द्रिय परिषद् बैठकबाट परिमार्जित बिधान बमोजिम सक्रिय सदस्यताको आधारमा पार्टीको महाधिवेशन प्रतिनिधि हुने ब्यबस्था गरिएको छ । तीन बर्ष पार्टीमा योगदान पुर्याएका साधारण सदस्यहरुलाई सक्रिय सदस्यता प्रदान गरिने र शुरुवाती चरण भएकोले केही खुकुलो नीति अपनाईएको निर्बाचन समितिका अध्यक्ष तोरण गुरुङले जानकारी दिए। उनका अनुसार चैत्र १५ भित्र सक्रिय सदस्यता फारम बुझाईसक्नुपर्ने छ ।

 सक्रिय सदस्यता फारम बितरण लगत्तै  सातै प्रदेशमा निर्बाचन सम्बन्धि अभिमुखिकरण कार्यक्रमको पनि मिति तय गरिएको पार्टीका सहायक महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।

बर्तौलाका अनुसार माघ २९ र फागुन १ गते बागमती, फागुन ४ र ५ गते गण्डकी, फागुन ६ र ७ गते प्रदेश पाँच , फागुन ८ र ९ गते कर्णाली , फागुन १० र ११ गते सुदुरपश्चिम प्रदेश , फागुन १३ र १४ गते दुई नम्बर प्रदेश  तथा सात नम्बर प्रदेशको अनुशीक्षण फागुन १५ र १६ गते तोकिएको छ। सक्रिय सदस्यता फारम बितरण अभियान अन्तर्गत मंगलबारै पार्टीका पदाधिकारीहरुलाई पनि फारम बितरण गरिएको छ । वरिष्ठ नेता दिपक बोहरा , महामन्त्री भाष्कर भद्रा प्रबक्ता निलकण्ठ काफ्ले लगायतले मंगलबारै फारम बुझेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ