arrow

कस्तो छ मौसम ? के होला ? यस्तो छ शुक्रबारसम्मको पूर्वानुमान

logo
प्रकाशित २०७६ माघ २२ बुधबार
weather11.jpg

काठमाडौं । हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन । मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् मञ्जु बासीका अनुसार काठमाडौं उपत्यकामा आंशिक बदली र कुहिरो लागिरहेको छ । 

पूर्वी तथा पश्चिमी पहाडी क्षेत्रमा पनि आंशिक बदली र कुहिरो पनि लागिरहेको छ । तराई भेगमा मौसम सफा रहेको छ । 

पूर्वी पहाडी भूभागका केही स्थानमा बुधबार हल्का वर्षाको सम्भावना रहेको छ । 

काठमाडौं उपत्यकामा बिहानको तापक्रम ४ डिग्री सेल्सियस रहेको थियो । बिहान भिजिबिलिटी १५ सय मिटर मात्र भएकाले हवाइ उडानसमेत प्रभावित भएको थियो । 

काठमाडौंमा वर्षाको सम्भावना भने रहेको छैन । 

मंगलबार नेपालका कुनै पनि भागमा वर्षा भएन । मंगलबार न्युनतम तापक्रम जुम्लाको तापक्रम माइनस ५.७ डिग्री सेल्सियस रहेको थियो । अधिकतम सिमराको २४ डिग्री सेल्सियस रहेको थियो । 

काठमाडौंको तापक्रम न्यूनतम ३.४ र अधिकतम १७.३ डिग्री रहेको थियो । 

यस्तो छ बिहीबार र शुक्रबारको मौसम पूर्वानुमान
माघ २३ गते (बिहीबार)

दिउँसोः देशका पुर्वी पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकि भूभागमा सामान्यतया सफा रहने छ। देशको पुर्वी पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ । 
राति देशका पहाडी भूभागमा आंशिक बदली रहने छ भने बाँकि भूभागमा सामान्यतया सफा रहने छ।

माघ २४ गते (शुक्रबार)
दिउँसोः देशका पश्चिमी भूभागमा सामान्य बदली रही बाँकि भूभागका आंशिक बदली रहने छ। देशको पश्चिमी भूभागका थोरै स्थानहरुमा हल्का वर्षा हुने सम्भावना छ। 

पश्चिमी भूभागका केहि स्थानहारुमा हल्का देखि मध्यम हिमपात हुने सम्भावना छ । 

राति देशका पश्चिमी भूभागमा सामान्य बदली रही बाँकि भूभागमा आंशिकदेखि सामान्य बदली रहने छ। देशको पश्चिमी भूभागका थोरै स्थानहरुमा हल्का वर्षा हुने सम्भावना छ। पश्चिमी भूभागका केहि स्थानहरुमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ