arrow

२५ सयको लोभले ४ दिन अघि नै राजीनामा गरे प्रेम राईले

राई अख्तियारको आयुक्त हुँदै

logo
हाम्राकुरा संवाददाता, 
प्रकाशित २०७६ माघ २२ बुधबार
prem-rai-home-secretary.jpg

काठमाडौं । कानुन अनुसार निजामती कर्मचारीले तीन किसिमबाट सेवा निवृत (अवकास) हुने व्यवस्था छ। स्वेच्छिक अवकास, अनिवार्य अवकास र सेवा अवधि पूरा भइ हुने अवकास गरी, तीन किसिमबाट निजामती कर्मचारी अवकास हुने काुननमा यवस्था गरिएको छ ।  

सेवा अवधि सकिए पछि हुने अवकास मुख्य सचिव र सचिवको हकमा मात्र लागु हुन्छ । मुख्य सचिवको हकमा ३ वर्ष र सचिवको हकमा ५ वर्ष सेवा अवधि पूरा गरेका निजामती कर्मचारी सेवा अवधिको कारण अवकास लिने व्यवस्था छ । अनिवार्य अवकास ५८ वर्ष उमेर पुगेका कर्मचारीको हकमा लागु हुन्छ । 

निवर्तमान गृह सचिव प्रेम राईको पाँच वर्षीय सेवा अवधि बुधबार माघ २२मा सकिदै थियो । तर उनले त्यसको ८ दिन अघि माघ १४ गते राजिनामा दिए र त्यसको ४ दिन अघि पछि माघ १८ गते उनको राजिनामा स्विकृति भयो ।  

सेवा अवधि सकिने ४ दिन अघि राजिनामा स्विकृत भए पछि उनको मासिक पेन्सन २ हजार ५ सय देखि ३ हजार रुपैयाँसम्म बढ्छ । यस्तो सानो लोभमा परी राईले एक हप्ता अघि राजिनामा गरे । यस्तो उपाय अपनाउने राई मात्र एक्लो हैनन् अन्य कैयन सचिवहरुले पनि विगतमा यस्तै गर्दै आएका छन् । 

कसरी बढ्छ राईको पेन्सन ?
निजामती सेवा ऐन २०४९ को दफा ३७ मा २०४९ कात्तिक २१ अघि निजामती सेवामा प्रवेश गरेका कर्मचारीको हकमा ३० वर्ष सेवा अवधि पूरा गरी ५० वर्ष पुगेका कर्मचारीले स्वेच्छाले अवकास लिन चाहेमा त्यस्ता कर्मचारीलाई ६० वर्ष काम गरेको सरह अवधि मानिने छ भनिएको छ । ६० वर्ष अवधि सरह काम गरको काम गरेको मानी त्यस्ता कर्मचारीले सो आधारमा निवृत्तीभरण लिन पाउने व्यवस्था निजामती सेवा ऐन २०४९ मा गरिएको छ । 

राई २०४९ कात्तिक २१ अघि निजामती सेवामा प्रवेश गरेका थिए । तर सेवा अवधि पूरा भइ अवकास लिने कर्मचारीको हकमा भने त्यस्ता कर्मचारीले अवकास लिएमा ६० वर्ष काम गरेको सरह मान्न नसकिने कानुनमा व्यवस्था छ । 

यस व्यवस्थाबाट मुख्य सचिव या सचिवले सेवा अवधि पूरा गरी अवकास लिएमा त्यस्ता कर्मचारीले पाउने पेन्सन सुविधामा ६० वर्ष पूरा भएको मान्न सकिदैन तर यस्तो सुविधा २०४९ कात्तिक २१ गते निजामती सेवामा प्रवेश गर्ने कर्मचारीको हकमा मात्र लागु हुन्छ । 

निवर्तमान गृह सचिव राईको अनिवार्य अवकास उमेर माघ २२को ठिक एक महिना पछि फागुन २२मा सकिदै थियो । तर ५ वर्षीय सेवा अवधिको कारणले माघ २२मै उनी सेवा निवृत हुनुपर्ने कानुनी बाध्यता थियो । 

यस्तो व्यवस्थाबाट २०४९ कात्र्तिक २१ अघि निजामती सेवामा प्रवेश गरेका कर्मचारी जसले ३० वर्ष सेवा अवधि पूरा गरेका छन, ती कर्मचारीहरूले अनिवार्य अवकासको उमेर (५८) वर्षसम्म नपुग्दै स्वेच्छाले राजिनामा गर्न चाहेका छन् ती कर्मचारीलाई पेन्सन सुविधामा ठूलो राहत मिल्छ । 

किनभने त्यस्ता कर्मचारीलाई ६० वर्षसम्म सेवा अवधि गरेको मानी निवृत्तीभरण लिन पाउने कानुनमा व्यवस्था छ । यसबाट ३० वर्ष सेवा अवधि पूरा गरेका तर कारणवश ५८ वर्षअघि नै राजीनामा गरेका कर्मचारीलाई हरेक महिना २ हजार ५ सय देखि ३ हजार रूपैयाँसम्म निवृत्तीभरणमा थप हुन्छ । 

तर हाल संसद्को राज्य व्यवस्था समितिमा छलफलमा रहेको संघीय निजामती सेवा ऐन २०७५को मस्यौदामा भने यस्तो व्यवस्था हटाइएको छ । यसबाट करिब ४ हजार निजामती कर्मचारी प्रभावित हुने आँकलन गरिएको छ । त्यस्ता कर्मचारीलाई अब आउने नयाँ कानुनले मर्का पार्ने भएको छ ।  

सेवा निवृत सम्बन्धी कानुन अनुसार कर्मचारीले पाउने निवृत्तीभरण सुविधामा कर्मचारीको सेवा अवधि, खाइपाई आएको अन्तिम तलब स्केल र अवकाश उमेर सीमालाई आधार मानिन्छ । उमेर अवधि ६० वर्ष मान्दा कर्मचारीले पाउने निवृत्तीभरण सुविधामा हरेक महिना केही रुपैयाँ थप हुन्छ । 

कर्मचारीले पाउने निवृत्तीभरण सुविधामा कर्मचारीको सेवा अवधि, खाइपाई आएको अन्तिम तलब स्केल र अवकास उमेर सीमालाई आधार मानिन्छ । अवकाश उमेर अवधि ६० वर्ष मान्दा कर्मचारीले पाउने निवृत्तीभरण सुविधामा हरेक महिना केही रुपैयाँ थप हुन्छ । तर अवकास उमेर अवधिलाई ६० वर्ष नमान्दा उसले पाउने सुविधा तुलनात्मक रूपमा कम हुन्छ ।

अख्तियारमा जाँदै राई 
स्रोतले हाम्राकुरालाई दिएको जानकारी अनुसार, राईलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आयुक्तमा लैजाने तयारी भएको छ । राईलाई सुरुमा आयुक्त र पछि प्रमुख आयुक्त बनाउन प्रधानमन्त्रीको सोच रहेको स्रोतको भनाइ छ । 

राई सुरु देखि नै प्रधानमन्त्री केपी ओलीसँग निकट मानिन्छन । गृहमा जानु अघि राई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सचिव थिए । प्रधानमन्त्रीको कार्यालयबाट उनलाई गृहमा लगिएको थियो । तर अख्तियार जस्तो शक्तिशाली निकायमा जाने करिब करिब निश्चित भएका राई यस्तो सानो लोभमा किन परे, एक कर्मचारी प्रश्न गर्छन । अख्तियारमा हाल दुई आयुक्त पद खाली रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ