arrow

रहेनन् बरिष्ठ संचारकर्मी दुर्गानाथ शर्मा

logo
प्रकाशित २०७६ माघ २२ बुधबार
durganath-sharma.jpg

काठमाडौँ। नेपाली टेलिभिजनका एक बहु चर्चित नाम दुर्गानाथ शर्मा अब हामी माझ रहेनन्। बुधबार बिहान उनको मनमोहन अस्पतालमा उपचारको क्रममा निधन भएको हो।

नेपाल टेलिभिजनमा ‘विश्व घट्ना’ कार्यक्रम चलाउने शर्माले सबै किसिमका मानिसहरुलाई उक्त कार्यक्रममको लत लगाएका थिए। इलाममा जन्मेका शर्माले नेपाल टेलिभिजनमा विश्व घटना नामक कार्यक्रम सुरू गरेका थिए। दुर्गा नाथ शर्मा भन्ने बित्तिकै उनलाई चिन्नेको दिमागमा आउने कार्यक्रमको नाम हो ‘विश्व घट्ना’। त्यो कार्यक्रम उक्त समयमा नेपाली नागरिकहरुलाई विश्वका घटना बारे जानकारी दिने प्रमुख माध्यम रहेको थियो।

उनको २४ वर्षअघि ओपन हार्ट सर्जरी गरिएको थियो।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ