arrow

शर्मा अनुभवी तथा निष्ठावान पत्रकार :देउवा

logo
प्रकाशित २०७६ माघ २२ बुधबार
durganath_sharma.jpg

काठमाडौं ।  नेपाल टेलिभिजनका पूर्वमहाप्रबन्धक तथा वरिष्ठ पत्रकार दुर्गानाथ शर्माको निधनप्रति नेपाली कांग्रेसले दुःख व्यक्त गरेको छ ।

नेपाल टेलिभिजनको स्थापनाकालदेखि लामो समयसम्म समाचारवाचक र कार्यक्रम प्रस्तोताको रुपमा कार्य गरेका शर्मा सोही टेलिभिजनको महाप्रबन्धक समेत भएका थिए ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वरिष्ठ पत्रकार दुर्गानाथ शर्माको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् । उनले भने लामो अनुभवी तथा निष्ठावान पत्रकार दुर्गानाथ शर्माको निधनबाट पत्रकारिता क्षेत्रमा अपूरणीय क्षति पुगेको छ । पार्टी र मेरो तर्फबाट उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उहाँको आत्माको चीर शान्तिको कामना गर्दछु । साथै, उहाँका शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछु ।

शर्माले शुरु गरेको विश्वघटना नामक कार्यक्रम अत्यन्त चर्चित कार्यक्रमको रुपमा रहेको थियो ।

महाराजगञ्जस्थित शिक्षण अस्पतालमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचारका क्रममा बुधबार बिहान उनको निधन भएको हो । उनी मुटु र  मिर्गौलासम्बन्धी रोगबाट ग्रसित थिए ।

नेपाल टेलिभिजनका संस्थापकमध्ये एक रहेका ७२ वर्षीय शर्मा त्यहाँ समाचार प्रस्तोतादेखि नायब महाप्रबन्धक, महाप्रबन्धक भए । विसं २०४२ पुस १४ गते टेलिभिजनको प्रशारण गर्दा उनी पहिलो प्रस्तोता रहेका थिए ।

उनी टेलिभिजनका अगुवाका रुपमा चिनिन्छन्। उनी रेडियो नेपालमा समाचारवाचक र गोरखापत्रमा समेत काम गरिसकेका थिए ।

इलामको फिक्कलमा जन्एका शर्माको श्रीमती र दुई छोरा छन् । शर्मा परिवारसहित नयाँ बानेश्वरमा बस्दै आएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ