arrow

वडाध्यक्ष हत्याको यथार्थ छानविन गर्न माग

logo
प्रकाशित २०७६ माघ २२ बुधबार
congress-dhami-killed.jpg

काठमाडौं । अछाम पञ्चदेवल विनायक नगरपालिका वडा नं. २ का नेपाली कांग्रेसको तर्फबाट निर्वाचित वडाध्यक्ष पदमबहादुर धामी रहस्मय तवरले मृत अवस्थामा भेटिएको घटनाप्रति नेपाली कांग्रेसले ध्यानाकर्षण जनाएको छ ।

उक्त घटनाको नेपाली कांग्रेसले निन्दा र भर्त्सना गरेको छ  । घटनाको यथार्थ छानविन र अनुसन्धान गरी दोषीमाथि आवश्यक कानूनी कारवाही गर्न कांग्रेसले सरकारसँग माग गरेको छ ।

बुधबार कांग्रेसद्वारा जारी विज्ञप्तिमा भनिएको छ,' नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गर्नुभएको वडाध्यक्ष पदमबहादुर धामीको निधनप्रति नेपाली कांग्रेस गहिरो दुःख व्यक्त गर्दछ । साथै, उहाँको आत्माको चीर शान्तिको कामना गर्दै उहाँका सम्पूर्ण शोक सन्तप्त परिवारजनप्रति हार्दिक समेवदना प्रकट गर्दछ ।'

धामीको शव नगरपालिकाको २ नम्बर वडाको उनको घर नजिकै हत्या गरेर फालिएको अवस्थामा भेटिएको थियो । माघ २० गते गैरीगाउँस्थित स्थानीयको भैसीगोठमा हत्या कसले र किन गर्यो भन्ने कुरा एकिन हुन सकेको छैन । प्रहरीले अनुसन्धान थालेको छ । ४० बर्षिय धामीको हत्या गरिएको क्षतविक्षत शव फेला परेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ