arrow

कृष्ण पहाडीको शेषपछि बैँकको रकम शान्ति समाजलाई

logo
प्रकाशित २०७६ माघ २२ बुधबार
krishna-pahadis.jpg

काठमाडौं ।  मानव अधिकार तथा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीले आफ्नो  बैँक खातामा भएको रकम मानव अधिकार तथा शान्ति समाजमा दिने घोषणा गरेका छन्  । बुधबार विख्यात अधिकारकर्मी, नागरिक आन्दोलनका नेता पहाडीले आफ्नो शेषपछि आफ्नो नाममा भएका बैँक खातामा रहने रकम शान्ति समाजमा हस्तान्तरण  हुने घोषणा गरेका हुन्  ।

 यसैगरी आफुले लेखेका पुस्तकहरुबाट प्राप्त हुने रोयल्टी लगायतका सम्पूर्ण रकम पनि शान्ति समाजको हुने घोषणा पहाडीले गरेका छन् । ५७ वर्षिय पहाडीका नेपाली, अंग्रेजी र हिन्दी भाषामा गरी २९ वटा पुस्तकहरु प्रकाशित भइसकेका छन् ।

यसअघि  समाजसेवी एवं पूर्व प्रशासक बद्रीप्रसाद पहाडीको नाममा  अक्षय कोष स्थापनार्थ पहाडी परिवारले १० लाख नगद दिएका छन्  । बद्री पहाडी शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीका बाबु हुन् । साथै कृष्ण पहाडीका बाबु बद्री पहाडीले जग्गा दान गर्ने  घोषणा गरिसकेका छन् । पहाडीले संखुवासभा मादीस्थित आफ्नो पैतृक जग्गाको एक अंश मादी नगरपालीकालाई र अर्को एउटा अंश मादी बहुमुखी क्याम्पसलाई प्रदान गर्ने घोषणा समाजसेवी पहाडीले गरिसकेका हुन् । त्यो त्यही जग्गा हो जहाँ अवस्थित घरमा शान्ति समाजका संस्थापक सभापति पहाडीको जन्म भएको थियो ।

यसैगरी  पहाडीकी पत्नी स्व. राधादेवी दाहालले निकट अतितमा मोरङ जिल्ला स्थित पुरानो दादर बैरिया हालको धनपालथान गाँउ पालिका वडा ५ मा आधारभुत स्वास्थसेवा केन्द्र भवन निर्माणका लागि लाखौ मुल्यको ४ कठ्ठा जग्गा प्रदान गरेकी थिइन्।

समाजसेवी पहाडीले यसै महिना आफ्ना पिता स्व.पद्म प्रसाद दाहाल र आमा स्व. कृष्ण कुमारी दाहालको स्मृतिमा सेवा पुरस्कार स्थापनार्थ अक्षय कोष का लागी दाहाल प्रतिष्ठान लाई १० लाख र बिराट साहित्य संगम लाई पत्नी राधादेवी दाहालको स्मृतिमा रु १ लाख प्रदान गरेका थिए । यस्तै पत्नी स्व. राधादेवी दाहालको स्मृतिमा अक्षयकोष स्थापनार्थ परोपकार अभियान समुह बिराटनगरलाई रु ५ लाख प्रदान गरेका थिए ।

यसैगरी मानव अधिकार तथा शान्ति समाजले मासिक रुपमा संचालन गर्दै आएको शान्ति काब्य प्रवाहमा कविहरुको पारिश्रमिक बृद्धि खातिर अक्षयकोष निर्माणका लागि पहाडीले २ लाख प्रदान गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ