arrow

कोरोनाका कारण बन्द नाका खोली १४ नेपालीलाई १६ दिनपछि स्वदेश फर्काइयो

logo
रासस,
प्रकाशित २०७६ माघ २२ बुधबार
kimanthang.jpg

किमाथाङ्का । उत्तरी नाका किमाथाङ्काबाट चीनको चाँगा बजारमा काम गर्न गएका एक बालकसहित १४ नेपालीलाई  १६ दिनपछि स्वदेश फर्काइएको छ ।  

उनीहरुलाई कोरोना भाइरसका कारण चीनले नेपालको सीमानाका किमाथाङ्का र ओलाङचुङ्गगोला  बन्द गरिदिएपछि  स्वदेश आउन समस्यामा परेको थियो ।

सङ्खुवासभाका १२ जनालाई  मंगलबार चाँगाबाट किमाथाङ्का हुँदै स्वदेश फर्काइएको सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणि घिमिरेले जानकारी दिए ।

सशस्त्र प्रहरी सीमा सुरक्षा पोष्ट स्थानीय प्रशासन, सीमा प्रहरी चौकी र भोटखोला गाउँपालिकाका जनप्रतिनिधिको पहलमा करिब डेढ घण्टाका लागि नाका खुला गरी स्वदेश फर्काइएको उनले बताए ।

भोटखोला गाउँपालिका–१ का वडाध्यक्ष तेन्छेवी शेर्पा, सशस्त्र प्रहरी सीमा सुरक्षा पोष्टका निरीक्षक देवकुमार राई, नेपाल प्रहरी र स्वास्थ्य चौकी किमाथाङ्काको संयुक्त प्रयासमा उनीहरुलाई स्वदेश फर्काइएको हो ।

वडा नं १ का वडाध्यक्ष शेर्पाले भने, “सीमानामा रहेको गेटमा हामी स्वास्थ्यकर्मीसमेत लिएर गयौँ, उताबाट पनि चिकित्सकसँगै आए, दुवैतर्फबाट स्वास्थ्य परीक्षण गरेर स्वदेश  फर्काइयो । ”



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ