arrow

उपत्यकासहित देशैभरका पहाडी भेगमा आंशिक बदली

logo
प्रकाशित २०७६ माघ २३ बिहिबार
weather.jpg

काठमाडौं । काठमाडौं उपत्यकासहित देशैभरका पहाडी भेगमा आंशिक बदली रहेको छ । मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् सजिना शाक्यले बिहीबार बिहान उपत्यकामा आंशिक बदली रहेको र देशका पहाडी भूभागमा आंशिक बदली रहेको बताइन् । 

उनले अपरान्हपछि पूर्वी र मध्य पहाडी तथा पश्चिममा आंशिक बदलीको सम्भावना रहेको बताइन् । तराई भेगमा भने मौसम सफा रहिरहने उनको भनाइ छ । 

त्यस्तै अपरान्हपछि पश्चिमका केही भेगमा वर्षा हुन सक्ने छ । बुधबार भने कतै पनि वर्षा भएको थिएन । 

हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन ।  

उपत्यकामा बिहानको न्यूनतम तापक्रम ३ डिग्री सेल्सियस रहेको थियो । भिजिबिलिटी बिहान ३ डिग्री भएकामा ६ः४५ मा २ किलोमिटरमा घटेको छ । 

शुक्रबारको यस्तो छ पूर्वानुमान

दिउँसोः देशका पश्चिमी भूभागमा सामान्य बदली रही बाँकि भूभागमा आंशिक बदली रहने छ। देशको पश्चिमी भूभागका थोरै स्थानहरुमा हल्का वर्षा हुने सम्भावना छ।

पश्चिमी उच्च पहाडी तथा हिमाली भू(भागका केही स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना छ ।

रातिः देशका पश्चिमी भूभाग लगायत मध्यका पहाडी भूभागमा सामान्य बदली रही बाँकि भूभागमा आंशिकदेखि सामान्य बदली रहने छ।

देशको पश्चिमी भूभागका थोरै स्थान साथै मध्येका एक दूई स्थानहरुमा हल्का वर्षा हुने सम्भावना छ। पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरुमा हल्का देखि मध्यम हिमपात हुने सम्भावना छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ